​खोप समन्वय समितिको बैठक सम्पन्न

रोल्पा, २३ पुस । जिल्ला खोप समन्वय समितिको बैठक सम्पन्न भएको छ । रोल्पा जिल्लामा सम्पूर्ण साविकका गाविसहरु पूर्णखोपयुक्त भइसकेको घोषणा भइसकेकाले गर्दा अब जिल्लालाई पूूर्ण खोपयुक्त घोषणा गर्नका लागि निर्णय गरेको छ ।
सूचना हलमा बसेको बैठकले रोल्पा जिल्लाका सम्पूर्ण साविकका गाविसहरु नै पूर्ण खोपयुक्त भइसकेकोले गर्दा अब रोल्पा जिल्लालाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गर्नका लागि केन्द्रीय खोप समितिलाई प्रमाणीकरण गरिदिनका लागि समेत पत्रचार गर्ने निर्णय गरेको हो । रोल्पा जिल्लामा पूर्वी गाम गाविसलाई २०७२ साल बैसाख ४ गते घोषणा गरी अभियानको आरम्भ भएको थियो । सो अभियान २०७४ साल पौष १७ गते साविकको पाखापानी गाविस घोषणा गरेपछि रोल्पा जिल्लामा पूर्ण खोपयुक्त भएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका जनस्वास्थ्य अधिकृत हेमराज पाण्डेले रोल्पा जिल्लामा खोपको अवस्था र रोल्पा जिल्लाको वर्तमान एवं भविस्यको बारेमा प्रस्तुत गर्नुभएको थियो । उहाँले २००७ सालमा नेपालीको औसत आयु ३२ वर्षबाट हाल ७१ वर्ष बनेको बताउँदै यसमा खोप कार्यक्रमले निकै प्रभावकारीतासँग सञ्चालन गरेको बताउनुभयो । अब रोल्पा जिल्ला अब सम्पूर्ण कार्य भइसकोको पूर्ण खोपयुक्त घोषणा गर्नका लागि सबै जिल्लाका सरोकारवालाहरुको सहभागितामा लिबाङ सम्पन्न गर्ने निर्णय गरेको छ ।

Related News