​राजधानीका दुई स्थानमा खुकुरी आक्रमण

काठमाडौं,. १९ असोज 
मंगलबार र बुधबार राजधानीका दुई स्थानमा खुकुरी आक्रमण भएको छ । भक्तपुरको कमलविनायक र नैकापमा खुकुरी प्रहार भएको हो । 
     भक्तपुर नगरपालिका–४ कमलविनायक बस्ने ४२ बर्षीय नारायण आचार्यले स्थानीय महिलालाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका छन् ।     आचार्यले मंगलबार सोही ठाउँ बस्ने ३१ बर्षीया सविका त्वया बासुलाई मंगलबार टाउकोमा खुकुरी प्रहार गर्दा गम्भीर घाइते भएकोले उपचारको लागी वि.एण्ड.वि.अस्पताल ललितपुरमा लगिएको छ । आचार्यलाई प्रहरीले पक्राउ गरेको छ । 
त्यस्तै  खुकुरी प्रहार गरेको घटनामा संलग्न नैकाप बस्ने २३ बर्षीय सन्तोष लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ । 
    चन्द्रागिरी नगरपालिका–२० बानिया गाउँ स्थित नैकपा बस्ने मनकुमार थलाङ, सन्तोया लिम्बु समेतका ४÷५ जनाले मंगलबार बारा निजगढ पिपलटार घर भई चन्द्रागिरी नगरपालिका–२० बस्ने २४ बर्षीय लाल बहादुर घोलन र २७ बर्षीय श्रीराम खत्रीलाई खुकुरी प्रहार गर्दा घाइते भएकोले उपचारार्थ लागि सहिद मेमोरियल अस्पताल कलंकीमा लगिएको छ ।     अन्य फरार व्यक्तिहरुको प्रहरीले खोजतलास गर्नुको साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको  जनाएको छ । 

Related News