​सिंगापुरमा किमले टोयलेट समेत आफ्नै ल्याए

दृष्टि न्यूज

सिंगापुर, २८ जेठ ।
उत्तर कोरियाली नेता किम जोङ उन आफ्नो सुरक्षामा निकै ध्यान दिन्छन् जबकि उनी सिंगापुर आउँदा समेत उत्तर कोरियाको विमान प्रयोग गरेनन् । अन्तर्राष्ट्रय सञ्चार माध्यमले जनाएअनुसार उनी चीनको बाटो हुँदै सिंगापुर आए । 
किम सिंगापुरमा तीन विमानका साथ ओर्लिएका थिए । तर, उनी आफ्नो विमानमा थिएनन् । दुई वटा विमान उनी आउनुअघि सिंगापुर आइपुगेको थियो । आफ्नो सुरक्षालाई ध्यानमा राखेर उनी चिनियाँ विमानमा चढेका थिए । 
किम उत्तर कोरियाबाट बेइजिङ गए र त्यहाँबाट उनी चिनियाँ विमान चढेर सिंगापुर आएका थिए । दुई उत्तर कोरियाली विमान चाँगी एयरपोर्टमा ल्याण्ड भएका थिए । तर, त्यहाँबाट किम ननिस्किएपछि सुरक्षाकर्मी समेत हैरान भएको सञ्चारमाध्यमहरुले जनाएका छन् । त्यो दुई विमानमध्ये एक किमको नीजि विमान थियो । जुन किमका दाजुले रुसबाट लिएर आएका थिए । 
जब किम एयर चाइनाको बोइङबाट ओर्लिए, तब सरक्षाकर्मी तैनाथ भएका थिए । एयर वेबसाइट फ्लाइटराडर–२४ का अनुसार किम प्योङयोङबाट बेइजिङ गए र त्यहाँबाट सिंगापुर आएका हुन् ।
अर्को कुरा किमले आफूसँगै टोयलेट पनि लिएर आएका छन् । किम जोङ सुरक्षा कारण आफ्नै टोयलेट प्रायेग गर्छन । उनी यसअघि दक्षिण कोरिया जाँदा पनि आफ्नै टोयलेट लिएर गएका थिए ।

Related News