​मोरङका किसान उत्साहित

उर्लाबारी (मोरङ), २२ पुस । परम्परागत रुपमा खेती गर्दै आएका मोरङका किसानले अनुुदानमा कृषि उपकरण पाएपछि आधुुनिक खेती तर्फ आकर्षित हुन थालेको छ । 
सरकारले जिल्ला कृषि विकास कार्यालयमार्फत ५० प्रतिशत अनुुदानमा कृषि उपकरण किसानलाई उपलब्ध गराएपछि, मजदुुर नपाइरहेको बेला कृषि उपकरणले खेती गर्न सहज भएको किसानहरुले बताए ।
यस पटक हाते ट्रयाक्टरको प्रयोगबाट समयमा रोपाइँ गरेकाले धान उत्पादनमा वृद्धि भएको उनले बताए । किसानलाई हाते ट्रयाक्टर, धान रोप्ने तथा काट्ने र झार गोड्ने मेसिन समेत उपलब्ध गराएको कार्यालयका प्रमुुख मनोज यादवले बताए । वृहत चैते धान उत्पादन कार्यक्रम अन्तर्गत सरकारले कृषकलाई ५० प्रतिशत अनुुदानमा कृषि उपकरण वितरण गरेको हो । 
जिल्लाका किसानलाई पहिलो चरणमा ४३ वटा हाते ट्रयाक्टर, चारवटा धान रोप्ने मेसिन तथा झार गोड्ने मेसिन वितरण गरिएको छ । मजदुुर नपाइरहेको बेलामा अनुदानमा कृषि उपकरण पाएपछि किसान उत्साहित भएका छन् । रासस

Related News