​कोरिया युद्धपछि तैनाथ सेना फिर्ता गर्न अमेरिका तयार !

दृष्टि न्यूज

काठमाडौं (एजेन्सीहरु)
सन् १९५०–१९५३ सम्म कोरियामा भएको युद्धपछि कोरियाली प्रायद्धिपमा अमेरिकाले तैनाथ गरेको हजारांै सेना फिर्ता गर्ने बारेमा अमेरिका र उत्तर कोरियाका बीचमा वार्ता गरेका छन् ।
अमेरिका र उत्तर कोरियाको बीचमा आईतबार सम्पन्न भएको वार्तामा कोरियाली प्रायद्धिपमा तैनाथ अमेरिकी सेना फिर्ता गर्ने सम्बन्धमा छलफल भएको छ । योनहाप न्यूज एजेन्सीलाई उध्रित गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाए अनुसार स्थानीय समय अनुसार विहान १० बजेदेखि सुरु भएको वार्ता उत्तर र दक्षिण कोरियाको सीमा क्षेत्रको पानमुनजोन क्षेत्रमा भएको हो । दुवै देशले आगामी बिहिवार औपचारिक वार्ता गर्ने तयारी गरिरहेको सन्दर्भमा तयारी स्वरुप वार्ता भएको जनाइएको छ । कोरियाली प्रायद्धिपमा २३ हजार चार सय ६८ अमेरिकी सैनिक छन् । गत जुन १२ मा सिंगापुरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनबीच वार्ता भएको थियो । सो वार्तामा कोरियाले आणविक परिक्षण केन्द्र नष्ट गर्ने र अमेरिकाले कोरियाली प्रायदिपबाट अमेरिकाले सेना फिर्ता गर्ने सहमति भएको थियो । 

Related News