वीपी प्रतिष्ठानमा ८५ लाखको काण्ड चर्कियो

दृष्टि न्यूज

काठमाडौं, ३० चैत । वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति वलभद्र दास  र वर्तमान रजिष्टारले  वीपी प्रतिष्ठानलाई आर्थिकरुपमा धरासायी पार्न कतिसम्मको आर्थिक अनियमितता गरेका रहेछन् भन्ने तथ्य धमाधम बाहिर आउन थालेका छन् । 
डा. दासले ५ वर्षे कार्यकालमा गरेका करोडौं रुपैया“को भ्रष्टचारका काण्डहरु अहिले अख्तियार र अदालतहरुमा छानविनको क्रममा छन् । यसैको पछिल्लो कडीको रुपमा अस्पतालको आन्तरिक सरसफाईको लागि भनेर दिएको ८५ लाखको ठेक्काको विषयले अहिले प्रतिष्ठानमा रजिष्टार तुलबहादुर श्रेष्ठ र डिपुटी रजिष्टार अमित श्रीवास्तवबीच रस्साकस्सी चल्न थालेको प्रतिष्ठानकै कर्मचारीहरुबाट वाहिर आएको छ । 
के हो ८५ लाखको काण्ड ?
वीपी प्रतिष्ठानले अस्पतालभित्रको आन्तरिक सरसफाइको काम गर्न झण्डै ५० जना अस्थायी कर्मचारीहरु नियुक्त गरेर  आफैँले काम गराउँदै आएको थियो । तर, गत वर्षदेखि प्रतिष्ठानलाई अतिरिक्त आर्थिक भार थप्ने गरी सो काम गर्न बाहिरको ठेकदारहरुलाई टेण्डर आह्वान गरेको थियो । विपी दास उपकुलपति भएकै समय २०७३ साल असोजमा आह्वान गरिएको सो टेण्डरमा रजिष्टारका आफ्नै भाई गोपाल श्रेष्ठको नाममा रहेको कम्पनी अप्पु श्री र हालको सुरक्षाको ठेकेदार रामेश्वर साहको केटिएम नामको कम्पनी लगायत अर्काे एक गरी जम्मा तीन कम्पनीले टेण्डर हालेको थियो । तीनमध्ये भित्रभित्रै सेटिङ मिलाएको अप्पु श्रीलाई ठेक्का दिने निर्णय गर्दै मिति २०७३ साल कार्तिक २३ गते दुवै कम्पनीलाई प्रतिष्ठानले आसय पत्र थमाएको थियो ।  प्रतिष्ठानको नियमअनुसार आसय पत्र दिएको सात दिनभित्र कुनै दावी विरोध भए निवेदन हाल्न सक्ने प्रावधान छ । सोही प्रावधानलाई टेकेर केटिएम कम्पनीले नियमअनुसार आफूले पाउनु पर्ने जिकिर गर्दै प्रतिष्ठानलाई निवेदन दिएको थियो ।  तर सो निवेदनको प्रतिउतर नदिई अप्पु श्रीले काम गर्न थालेपछि केटिएम कम्पनीले विराटनगरस्थित उच्च अदालतमा प्रतिष्ठा विरुद्ध मुद्धा हालेको थियो । सो मुद्धाको अहिलेसम्म फैसला हुन सकेको छैन ।  उजुरीमा प्रतिष्ठानले बनाएको नियमअनुसार  ठेक्का प्राप्त गर्ने कम्पनीले कम्पनीकै नाममा रहेको खातावाट २ करोडको धरौटी रकम देखाउनु पर्ने उल्लेख गरेको रहेछ । तर अप्पु श्रीले कम्पनीको नाममा भएको खाता  नदेखाई गोपाल श्रेष्ठको निजी खातामा भएको रकम देखाएकोले उसको सट्टामा कम बोलकवोल गर्ने आप्mनो कम्पनीले सो ठेक्का पाउनु पर्ने जिकिर गरिएको छ । यसबारेमा केटिएम कम्पनीका निर्देशक रामेश्वर साहसँग सोध्दा उनले आफूलाई प्रतिष्ठानले अन्याय गरेकोमा दुःख व्यक्त गर्दै गोपालको विरुद्धमा मुद्धा हालेकै कारण प्रतिष्ठानका रजिष्टार लगायत केही साथीहरु रिसाएको बताए । यस वारेमा जानकारी दिन रजिष्टारसँग  टेलिफोन सम्पर्क गर्न  खोज्दा सम्पर्क हुन सकेन । मुद्धामा ठेकेदार गोपाल श्रेष्ठको तर्फबाट स्वयम् रजिष्टार तुलबहादुर श्रेष्ठले वकालत गरिरहेको थाहा हुन आएको छ ।  अदालतमा मुद्धा परेपछि प्रतिष्ठानले अप्पु न श्रीसँग पनि कुनै सम्झौत गर्न सकेको छैन । तर अप्पु श्रीले सम्झौता बेगर नै काम गर्न थालेको एक वर्ष बितिसकेर हालै ८५ लाख रुपैयाँ भुतmानको लागि निवेदन दिएपछि रजिष्टार र डिपुटी रजिष्टारबीच मनमुटाव वढन थालेको वताइन्छ । सवै काम अस्पतालको कर्मचारीहरुले गर्ने भएकोले  वीपी दासलाई १५ लाख कमिशन बुझाएर ठेक्का पाएको गोपाल श्रेष्ठले ६÷७ जना कर्मचारी खटाएर झारो टार्ने काम गर्ने गरेका कुरा प्रतिष्ठानका कर्मचारीहरु बताउँछन् । एक पटक किन राम्रो काम नगरेको भनी प्रतिष्ठानका कर्मचारीहरुले प्रश्न गर्दा ठेकदारका कामदारहरु मिलेर प्रतिष्ठानका एक निम्न तहका कर्मचारीमाथि हातपात नै गरेका थिए ।                            
सम्झौता नभए पनि आफ्नै भाइको कम्पनीले गरेको  कामको भुक्तान प्रतिष्ठानले गर्नुपर्छ भनेर रजिष्टारले वर्तमान उपकुलपति र डिपुटी रजिष्टारलाइ दवाव दिइरहेका छन । तर सम्झौता बेगरको कम्पनीलाई चेक काटेर दिँदा आफू अख्तियार र अदालतबाट पक्राउ पर्ने डरले आफू भने चेकमा सही  नगर्ने तर रजिष्टार विदामा बसेको वेला एक वर्ष अगाडिको मितिमा  डिपुटी रजिष्टारले सम्झौता गरेको कागज बनाई दिन डिपुटी रजिष्टारलाई दवाव दिन थालेपछि  अहिले डिपुटी रजिष्टार  भागीभागी हिंडन थालेको  कर्मचारीहरु बताउँछन् ।  
यसरी नेकपा एमालेको सिफारिसमा भर्ना भएका वर्तमान रजिष्टारले पुर्वउपकुलपतिले गरेका सवै आर्थिक अनियमिततामा काँध थाप्दै आएकोले पार्टीको छविलाई पनि धुमिल पार्ने काम गरेका छन् भने आफना भाइलाई आर्थिक लाभ गराउन कतिसम्म नियम तोड्ने काम गर्न सक्छ भन्ने यो पछिल्लो उदाहरण बन्न गएको छ ।   

Related News