​कुमारी बैंकले एकैपटक दुर्गम स्थानमा १० शाखा खोल्यो

दृष्टि न्यूज

काठमाडौं, २ जेठ । कुुमारी बैंकले एकैपटक नेपालका दुर्गम स्थानमा १० शाखा खोलेको छ । बैंकले ललितपुरको भट्टेडाँडा, बैतडीको डिलासैनी, धादिङको सिद्धलेक, तनहुँको घिरिङ, रसुवाको आमाछोदिङबो, स्याङ्जाको हरिनास, महोत्तरीको भुगाहा, गुल्मीको कालीगण्डकी, तनहुँको ऋषिङ र उदयपुरको बेलकामा शाखा खोलेको हो ।
बैंकले उक्त क्षेत्रका व्यवसायी, उद्यमी तथा स्थानीयलाई सहज रूपमा बैंकिङ सेवा पु¥याउने उद्देश्यले उक्त शाखा विस्तार गरिएको जनाएको छ । आगामी दिनहरूमा थप शाखाहरू विस्तार गरेर आधुनिक बैंकिङ सेवा पु¥याउने योजना बनाएको दाबी गरेको छ । 
नयाँ शाखा सञ्चालनपछि कुमारी बैंकले देशभरमा ८४ वटा शाखा, ६१ वटा एटिएम तथा २ वटा एक्सटेन्सन काउन्टरद्वारा सेवा दिइरहेको जनाएको छ । 

Related News