​मार्च ८ र ९ मा कतारका २ सहरमा ‘कुमारी बुम सुपर स्टार नाइट्स’को आयोजना गरिने

काठमाडौं, २८ पुस । कुमारी बैंक र बुम रेमिटले संगीक्षा फिल्मस् इन्टरटेन्मेन्ट प्रालिको आयोजनामा आउँदो मार्च ८ र ९ तारिखमा कतारका २ सहरमा ‘कुमारी बुम सुपर स्टार नाइट्स’को आयोजना गर्ने भएका छन् । गायक–गायिका, हास्य कलाकार र नायक–नायिकाको साथमा कार्यक्रम आयोजना हुनेछ ।
‘कुमारी बुम सुपर स्टार नाइट्स’मा हास्य कलाकार जीतु नेपाल, नायिका निरुता सिंह, अनु शाह, गायक आनन्द कार्की, अनिल सिंह, हेमन्त शर्मा, युवराज चौलागाईँ, सन्तोष राज, रितकुमार श्रेष्ठ, गायक तथा संगीतकार राजनराज सिवाकोटीले आप्mना प्रस्तुति पस्किनेछन् ।
मेलामा गायिका राधिका हमाल, एन्जिला रेग्मी, सेलिना कँुवर नृत्य निर्देशक तथा मोडल शंकर बिसीले पनि सहभागिता जनाउने कार्यक्रम रहेको आयोजकको भनाइ छ  ।
करिब ५ लाख नेपालीको बसोबास रहँदै आएको कतारमा मार्च ८ मा कार्यक्रम अल्खोर स्टेडियममा सञ्चालन गरिनेछ । यो क्षेत्रमा करिब ७० हजार हाराहारी नेपाली बस्ने गरेका छन् । यस्तै, मार्च ९ मा ग्रान्ड मलमा कार्यक्रम आयोजना गरिनेछ, जुन कतारको राजधानी दोहामा पर्दछ । कतारको राजधानीमा करिब डेढ लाख हाराहारी नेपाली बस्दै आएका छन् । 
मार्च ८ मा हुने कार्यक्रममा करिब ७ हजार र मार्च ९ मा आयोजना हुने कार्यक्रममा करिब १० हजार नेपालीले कार्यक्रम प्रत्यक्ष अवलोकन गर्ने अपेक्षा आयोजकको छ । कतारका स्थानीयले समेत  कार्यक्रममा सहभागिता जनाउनेछन् ।
कार्यक्रम आयोजनाले नेपाली गीत–संगीत, हाँस्यव्यंग्यको विकास र प्रवद्र्धनमा सहयोग पुग्ने दाबी आयोजकको छ । कुमारी बैंक र बुम रेमिटको प्रायोजनमा हुने कार्यक्रममा नेपाल टेलिकम पावर्ड बाई रहेको छ भने ट्राभल पार्टनरमा नेपाः ट्राभल्स एन्ड टुर्स र हस्पिटालिटी पार्टनरमा ओपिएम रेस्टुरेन्ट रहेको छ । कार्यक्रमलाई सफल बनाउन आयोजक टिममा धीरेन्द्र पन्त, प्रविना रावल पन्त, उमिद्ध श्रेष्ठ, मनोज केसी, नरेश भट्टराई, भविन तामाङ, रितकुमार श्रेष्ठ, जगेन्द्र गुप्ता, मोहमद ताहिर, सुदर्शन गौतम, खगराज खत्री रहेको आयोजकले बताएका छन् । 

Related News