
कुन मन्त्रीको नाममा कति छ सेयर ?

सार्वजनिक गरिएको सम्पत्ति विवरणअनुसार, सबैभन्दा बढी सेयर राप्रपाबाट भूमिसुधार तथा ब्यवस्था मन्त्री भएका बिक्रम पाण्डेको देखिएको छ । सबैभन्दा कम सेयर भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकको नाममा २४ हजार रुपैयाँ बराबरको छ । मन्त्रीहरुको मंसिर २९ गते सार्वजनिक भएको सम्पत्ति विवरणमा मन्त्री पाण्डेको नाममा ५२ करोड रुपैयाँ सेयर रहेको उल्लेख छ । त्यसपछि सबैभन्दा बढी सेयर पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनको छ । पर्यटनमन्त्री शाहीले ८ करोड रुपैयाँको सेयर देखाएका छन् । केही बर्षमात्र पाइलटको जागिर खाएर शाहीले ८ करोडको सेयरदेखि काठमाडौंमा १५ रोपनी जग्गा र घरहरु कसरी जोडे भन्ने प्रश्न कांग्रेस कार्यकर्ताले नै गर्न थालेका छन् । कर्णालीकै एक कांग्रेस नेताले भने, भगौडा पाइलटको यति धेरै सम्पत्ति कहाँबाट आयो, स्रोत खोजी हुनुपर्छ ।
सर्वहारावर्गको उन्नति गर्ने भन्दै जनताका छोराछोरीलाई युद्धमा होम्ने हजारौं निहत्था जनताको हत्या गर्ने पार्टी माओवादी केन्द्रका तर्फबाट ऊर्जामन्त्री भएका जनार्दन शर्माले ५० लाख कित्ता सेयर रहेको सम्पत्ति विवरणमा देखाएका छन् । तर त्यो कति रकमको हो भने खुलाएका छैनन् । एक सेयर विश्लेषकले भने, स्ट्यान्डर्ड चार्टड र एभरेष्ट बैंकको हो कि युनिलिभर वा वीमा संस्थानको हो, त्यो खुल्न सकेको छैन । एक कित्ता बराबर सरदर १ हजार रुपैयाँका दरले हिसाब गर्दा पनि मन्त्री शर्माको नाममा ५ करोड बराबरको सेयर हुन्छ । स्ट्यान्डर्ड चार्टड र एभरेष्ट बैंकजस्ता संस्थाको हो भने १५ करोड रुपैयाँ भन्दा बढी मूल्यको हुन्छ । यसैगरी आपूर्ति मन्त्री दीपक बोहराको नाममा २ करोड रुपैयाँ सेयर छ ।
त्यस्तै प्रचण्ड सरकारका परराष्ट्र मन्त्री डा. प्रकाशशरण महतको नाममा डेढ करोड बराबरको सेयर देखाइएको छ । सेयर विवरण देखाउने पाँचौं नम्बरमा देखिएका छन्, युवानेता तथा स्वास्थ्य मन्त्री गगन थापा । उनको सम्पत्ति विवरणमा ७३ लाख रुपैयाँ भन्दा बढीको सेयर रहेको उल्लेख छ । गगन थापाले विभिन्न बैक तथा कम्पनीमा खरिद गरेको सेयरको स्रोत के हो भन्ने प्रश्न कांग्रेस वृत्तमा उठेको छ । थापासँग कम्पनीको कुल ३ हजार ५४४ कित्ता शेयर रहेको विवरणमा उल्लेख भएको छ । केही दिनअघि सरकारले सार्वजनिक गरेको सम्पत्ति विवरण भन्दा स्वास्थ्यमन्त्री थापाको जायजेथा भिन्न रहेको देखिन आएको हो ।
उनको सवैभन्दा बढी सेयर आमा रामेश्वरी थापा र बुवा महेन्द्रबहादुर थापाको नाममा नेपाल इन्भेष्टमेन्ट बैंकमा छ । उनले बुवा आमाको नाममा ७ सय ३५ कित्ता सेयर रहेको विवरण सार्वजनिक गरेका छन् ।
थापाले आफूसहित बुबा महेन्द्र, आमा रामेश्वरी, श्रीमती अञ्जना र छोरीहरुको नाममा सेयर रहेको विवरण सार्वजनिक गरेका हुन् । तलब नलिने, बिहे खर्चको पैसा पाटन अस्पतालमा दिने घोषणा गरेका मन्त्री थापाको त्यत्रोविधि सेयर कहाँबाट आयो भनेर कांग्रेस कार्यकर्ताले जिब्रो टोक्न थालेका छन् ।
त्यसपछि कांग्रेसबाटै मन्त्री भएका रक्षामन्त्री बालकृष्ण खाँड सेयर कारोबारमा छैटौं नम्बरमा देखिएका छन् । उनको नाममा ७० लाख रुपैयाँको सेयर रहेको सम्पत्ति विवरणमा उल्लेख छ । बाणिज्य मन्त्री रोमी गौचन थकालीसँग २० लाख कित्ता सेयर रहेको छ भने सहकारी तथा गरिबी निवारण मन्त्री हृदयराम थानीको नाममा २० लाख बराबरको सेयर रहेको छ ।
माओवादी केन्द्रका संघीय मामिला तथा स्थानीय विकास मन्त्री मन्त्री हितराज पाण्डेसँग ११ लाख रुपैयाँको सेयर छ । धनीराम पौडेलको ४ लाख रुपैयाँको सेयर छ । गृहमन्त्री विमलेन्द्र निधिसँग २ लाख १६ हजार रुपैयाँको सेयर रहेको छ । पदको दुरुपयोग गरेर कमाएको कालो धनलाई सेतो बनाउन राजनीतिक नेता र कार्यकर्ताले शेयरमा लगानी गर्दै आएको पुष्टि पनि यो सम्पत्ति विवरणले गरेको छ । शेयर बजार यस्तो क्षेत्र हो जहॉ दिनहुँ अर्बौको कारोबार हुन्छ, तर त्यसको स्रोत खोजिदैन । त्यही भएर पनि भ्रष्टाचा गरेको सम्पत्ति शेयर बजारमा लुकाउन सजिलो हुन्छ ।
खेलView More..
भर्खरैView More..
कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि ठगी अपराधमा पक्राउ
चौतारीले एक दिने अदालती रिपोर्टिङ तालिम सञ्चालन गर्ने
'देशकै मुहार फेर्ने नीति तथा योजनाको तयारीमा वाम गठबन्धन सरकार’
गीतकार अधिकारीको ‘देउरालीको फूल’
सयौ घरमा डेंगु पोजेटिभ भेटिएपछि सर्तकता अपनाउन आग्रह