‘कुनै खेलाडी जापान गएका छैनन्’

दृष्टि न्यूज

नेपाल मार्सल आर्ट सेल्फ डिफेन्स संघका बारेमा गएको अंकमा दृष्टि साप्ताहिकमा प्रकाशित समाचार सत्य नभएको स्पष्ट पार्न चाहन्छौं । संघ ३ बर्षदेखि दर्ता भएर मार्सल आर्टसका क्षेत्रमा काम गर्दैआएको छ । दृष्टिमा भनेजस्तो संघबाट जापानमा मार्सल आर्टस खेलमा भाग लिन खेलाडीलाई भिसा प्राप्त भएको थियो । तर संघका विरुद्ध राष्ट्रिय खेलकुद परिषद्मा भ्रमपूर्ण सूचना दिएकाले सदस्य सचिव केशव बिष्टलाई गुमराहमा पार्न खोजेका थिए । संघबाट मार्सल आर्टसका क्षेत्रमा लामो समयदेखि आवद्ध भएका पुराना र वास्तविक खेलाडी खेलप्रतियोगिताकै लागि जापान जान खोज्दा विवाद भएपछि भिसा दिए पनि कोही पनि नगएको स्पष्ट पार्न चाहन्छौं । संघबाट खेलाडी जापान गएनन् । संघमा आएर पासपोर्ट हेर्न सक्नुहुन्छ । अहिले त भिसाको म्याद पनि सकिसकेको छ । जापानमा जान लागेका गैरखेलाडी होइनन्, उनीहरु राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा चिनिएका र पदकप्राप्त खेलाडी हुन् । राष्ट्रिय खेलकुद परिषदले समेत सम्मान गरेका खेलाडी हुन् । उनीहरु जापानमा बस्न होइन, खेल्न जान लागेका थिए । यसरी जापानमा बस्न लागेको भनेर समाचार आउँदा खेलाडीको आत्मसम्मानमा ठेस पुगेको छ । मिडियाले खेलाडीलाई हौसला दिनुपर्नेमा आत्मसम्मानमा ठेस पु¥याउने काम गरेको महसुस संघले गरेको छ । नेपाल मार्सल आर्ट सेल्फ डिफेन्स संघसँग जोडेर सदस्य सचिव केशव बिष्टलाई बदनाम गर्न खोजिएकोमा पनि हामीलाई दुःख लागेको छ ।  दृष्टिजस्तो सम्मानित र इतिहास बोकेको पत्रिकाले जापानमा जाँदै नगएका खेलाडीका बारेमा समाचार प्रकाशनपूर्व जानकारी लिएको भए सत्यतथ्य दिन संघ तयार थियो । तर परिषद्का सदस्य सचिव बिष्टलाई पनि जोडेर भ्रमपूर्ण समाचार गरेकोमा संघ मर्माहत भएको छ । कसैले रिसइबी साँध्नका लागि संघका अध्यक्ष डीबी रानापल र मुख्य प्रशिक्षक सन्जु महर्जनको छविमा आघात पार्ने किसिमले समाचार दिएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीको निर्देशन अनुसार बढ्दो महिला हिंसा र बलात्कारका बिरुद्ध हिमाल, पहाड र तराईका महिलालाई आत्मरक्षा गर्नका लागि मार्सल आर्टस(सेल्फ डिफेन्स)को प्रशिक्षण दिंदैआएकी सन्जु महर्जनलाई प्रेरणा दिनुपर्नेमा हतोत्साही पार्ने काम समाचारले गरेको छ । तसर्थ खेलाडीको आत्मसम्मानमा चोट पुग्ने समाचारको संघ खण्डन गर्दछ ।
– नेपाल मार्सल आर्ट सेल्फ डिफेन्स संघ     

Related News