​प्रभुको अध्यक्षमा कुसुम


काठमाडौं, २४ बैशाख 
देशका महत्वपूर्ण निकायमा महिलाहरुले नेतृत्व गरिरहेक बेला इन्स्योरेन्स कम्पनीमा पनि पहिलोपटक महिला अध्यक्ष भएकी छिन् । प्रभु इन्स्योरेन्स लिमिटेडमा   कुसुम लामा अध्यक्ष भएकी हुन् ।  बैशाख २० गते बसेको कम्पनीको संचालक समितिको बैठकले लामालाई  कम्पनीको संचालक समितिको अध्यक्ष चयन गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत संचित बज्राचार्यले जानकारी दिए ।
 अर्थशास्त्र विषयमा स्नातकोत्तर गरेकी लामा सोही कम्पनीको विगत चार वर्षदेखि सञ्चालक थिइन् । प्रभु बैंकमा  पनि  पनि उनले संचालक भएर काम गरिसकेकी छिन् । हालै आएको बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ लागू भएपछि कम्पनीको अध्यक्ष देविप्रकाश भट्टचनले पदबाट राजीनामा गरेको थिए । त्यसपछि रिक्त पदमा कुसुम चयन भएकी हुन् ।   

Related News