​एक सेलिब्रेटीको ट्विटले अर्बौ नोक्सानी !

काठमाडौं, ४ बैशाख ।
सुन्दा पत्यार लाग्दैन तर, हलिउड सेलिब्रेटीको एक ट्विटले एउटा कम्पनीलाई अर्बौ  नोक्सानी भएको छ ।
अमेरिकन रियालिटी टिभी स्टार काइली जेनरले एक ट्विट गर्दा स्नैप इन्क नामको एप्स कम्पनीलाई १ दशमलव ३ अर्ब डलर गुमाएको हो । जेनरले सामान्य एक ट्विट गरेकी थिइन् । उनले सोचेकी थिइनन् कि आफ्नो ट्विटले त्यत्रो नोक्सान गराउँछ । जेनरले ट्विटमा लेखेकी थिइन्, ‘अब मसँग कोही पनि स्नेपच्याट प्रयोग गर्न सक्ने छैनन् । न त म नै प्रयोग गर्छु ।’ 
ट्विटरमा २ करोड ४५ लाख फ्लोवर्स भएकी जेनरको उक्त ट्विट उनका सारा फ्यानले शेयर गर्न थाले । यसको असर स्नैप च्याटको सह–कम्पनी स्नैप इन्कलाई प-यो । जेनरको ट्विटसँगै उक्त कम्पनीको शेयर ८ प्रतिशत गिरावट भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्, जसबाट कम्पनीलाई १ दशमलव ३ अर्ब डलर नोक्सान भएको छ । (एजेन्सीबाट)

Related News