​लाभकर छल्ने मालपोतका कर्मचारीविरुद्ध मुद्दा दर्ता भएन

काठमाडौं । घरजग्गा बिक्रीका क्रममा भएको अरबौं रुपैयाँ पूँजीगत लाभकर छलीमा संलग्न काठमाडौं उपत्यकाका मालपोत कार्यालयका ८२ कर्मचारीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरेको ६ महिना भन्दा बढी समय ब्यतित हुँदा पनि अहिलेसम्म मुद्दा दायर गरेको छैन । लाभकर छलीमा संलग्न कर्मचारीविरुद्ध छानबिन सकिए पनि अख्तियारले मुद्दा दायर गर्न बिलम्ब गर्दैआएको छ । लाभकर छलीमा संलग्न कर्मचारीहरुले अख्तियारका प्रमुख आयुक्तदेखि आयुक्तसम्म पहुँच पु¥याएर मुद्दा दर्ता हुनबाट रोकेको भूमिसुधार मन्त्रालयका अधिकारीले बताएका छन् ।  
 २०६६ साउनदेखि घरजग्गा बिक्रीमा पूँजीगत लाभकर लागू भएको थियो । २०६६ देखि २०७० सम्म घरजग्गा बिक्रीमा अरबौं रुपैयाँ लाभकर छली भएको थियो । २०६६ देखि ०६८ सम्म त मालपोतका कर्मचारीले बोरामै घुस लिएर गएको भूमिसुधारका कर्मचारी बताउँछन् । लाभकर छलीको भयावह चित्रका बारेमा अख्तियार लगायतका निकायले चासो देखाएपछि मालपोत कार्यालयका कर्मचारीले कागज मिलाएर छली गर्दैआएका थिए, साँघुमा समाचार छ । ४ करोडको जग्गा खरिदमा खरिद मूल्य १ करोड भए ३ करोडको लाभकर लाग्छ । ३ करोडमा १५ लाख रुपैयाँ लाभकर लाग्छ । तर कर्मचारीले १५ लाखमा ७ लाख ५० हजार घुस लिएर जग्गा खरिद बिक्री गर्दैआएका थिए । तर भर्खरै आपूर्तिमा सरुवा भएका भूमिसुधार तथा ब्यवस्था मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले लाभकर छलीको बारेमा अनुगमन गरी केही कर्मचारी निलम्बन गरेपछि मालपोत कार्यालयहरुमा कम्पन पैदा ग¥यो । लाभकर छलीमा काठमाडौं उपत्यकाका मालपोत कार्यालयमा कार्यरत कर्मचारीहरु ताराप्रसाद जोशी, लक्ष्मण बस्नेत, थमनप्रसाद श्रेष्ठ, श्याम पाण्डे, मीनबहादुर भट्टराई, लक्ष्मण भट्टराई, श्याम क्षेत्री सिलवाल,सुनिल लम्साल, लक्ष्मी खत्री, राजेन्द्र बुढाथोकी, चेतबहादुर सिंह, नवीन अधिकारी, विदुर खनाल, पिताम्बर भण्डारी, चक्र श्रेष्ठ, दिनेश रेग्मी, बैकुन्ठ बिष्ट लगायत ८२ जना छन् । यी कर्मचारीमाथि २०६६ देखि होइन, २०७२ देखिको लाभकर छली गरेको आरोपमा अख्तियारले छानबिन गरेको छ । 
लाभकर छलीमा संलग्न यी कर्मचारीहरुले करोडौं रुपैयाँ भ्रष्टाचार गरेका छन् । खरिदारबाट नासुमा बढुवाको फर्म नै नभरी डिल्लीबजार मापोतमा १० बर्ष कार्यरत लक्ष्मण भट्टराईले मात्र बीसौं करोड रुपैयाँ गैरकानुनी(अकूत) सम्पत्ति आर्जन गरेको उनीसँग काम गरेका कर्मचारीहरु नै बताउँछन् । 
यसैबीच, डिल्लीबजार मालपोत कार्यालयमा १० बर्ष भन्दा बढी समय कार्यरत रही करोडौं रुपैयाँ लाभकर छलीमा संलग्न नासु लक्ष्मण भट्टराई अख्तियारका अनुसन्धान अधिकृतहरुलाई बुझाउनुपर्छ भन्दै काठमाडौंका प्रत्येक मालपोत कार्यालयमा रकम उठाउन थालेको समाचार छ । अख्तियारले मुद्दा चलाउन बिलम्ब गर्नु र उनले मालपोत मालपोतमा रकम उठाउन सुरु गर्नुले बाख्रा हराउनु र बाघ कराउनुको उखान चरितार्थ हुन पुगेको छ । 
       

Related News