​लहानमा एमालेको अग्रता


काठमाडौं, ३ असोज ।
सिराहा लहान नगरपालिकामा नेकपा एमालेले अग्रता लिएको छ । पछिल्लो मतपरिणामअनुसार मेयरमा एमाले उम्मेदवारले १०१४ मत पाएका छन् ।  
अघिल्लो परिणामअनुसार यहाँ उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले अग्रता लिइरहेको थियो । एमालेलाई पछ्याउँदै राप्रपा उम्मेदवारले ८६९ मत पाएका छन् भने तेस्रो स्थानमा फोरम छ। फोरमका मेयर उम्मेदवारले हालसम्म ८३८ मत पाएका छन् । नेपाली कांग्रेस  भने ८०४ मत पाउँदै सबैभन्दा पछि छ ।

Related News