​लालीगुराँसको नाफा साढे आठ करोड

काठमाडौं, १९ मंसिर ।  रक्षामन्त्री वालकृण्ण खाडले नेपालको आर्थिक विकासमा सहकारीले खेलेको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । श्रीलालीगँुरास बहुउद्देश्यीय सहकारी संघ लिमिटेडको शनिबार आयोजित १७ औ वार्षिक साधारणसभा बोल्दै उनले सरकार सहकारीको हितविपरीत नचल्ने धारणा राख्दै मुलुकभारका सहकारीले गरेको योगदान बिर्सन नहुने उल्लेख गरेका छन् । मुलुकको आर्थिक खम्बा भनेकै सहकारी हुन्, उनीहरुको हितविपरीत चल्नुहुँदैन । कार्यक्रममा  पूर्वमन्त्री एवं सांसद राजेन्द्र पाण्डे, नेपाली काग्रेसका सांसद ओमदेवी मल्ल, ललितपुरका सांसदद्वय मदन अमात्य, उदयशमशेर राणा र एमालेका सांसद पशुपति चौलागाई,  पूर्वमन्त्री छविराज पन्तले सहकारी आन्दोलनलाई जागाउने भूमिका सांसदहरुको रहेको बताएका थिए । सहकारी संघले दिएको संशोधनमा सरकारको सकरात्मक भूमिका रहनुपर्ने विचार वक्ताहरुको थियो । उनीहरुले मुलुकको तीन खम्बे नीतिलाई कसैले पनि बिर्सन नहुने धारणा राखेका थिए । कार्यक्रममा बोल्ने अधिकांश वक्ताले सहकारीकर्मीको हित विपरीत ऐन ल्याए आन्दोलनमा जाने चेतावनी दिएका थिए । 
 कर्यक्रममा बार्षिक नीति कार्यक्रम सार्वजनिक गर्दै संस्थाका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीले चालु आ.व. ०७२÷०७३ मा सहकारीले गरेको उपलब्धी, भावी योजना, सम्भावना र भविष्यमा आउन सक्ने चुनौतीका बारेमा जानकारी गराएका थिए । संस्थाले नेपालको समग्र सहकारी बजारमा कुल कारोबार, चुक्ता पूँजी, निक्षेप संकलन, कर्जा लगानी, मुनाफा आर्जन, नेपाल सरकारलाई राजस्वमा गरेको योगदान, रोजगारी लगायत अन्य विविध क्षेत्रमा गरेको उल्लेखनीय कार्यहरूमा समेत अग्रणी स्थान लिन सफल रहेको छ । उनले सहकारी विभाग, डिभिजन सहकारी कार्यालय र विषयगत संघहरुको माध्यमबाट संकलित करिब ३० वटा वाणिज्य बैंकहरुपछि दोस्रो ठूलो वित्तीय कारोबार सहकारी संस्थाहरुबाट भएको छ । उनले सहकारी संघ संस्थाहरुबाट प्रत्यक्ष रुपमा १ लाख ५० हजार भन्दा बढी व्यक्तिहरुले रोजगारी प्राप्त गरेका जानकारी गराएका थिए । करिब ६० लाख भन्दा बढी संघ, संस्था तथा नागरिकहरु सहकारी संघ÷संस्थाहरुमा आवद्ध रहेको बताउँदै सहकारी मार्फत् देशको आर्थिक विकास गर्नको लागि सहकारीमैत्री कानून निर्माण गरिनुपर्ने तर त्यसको विपरीत सहकारी तथा गरिबी निवारण मन्त्रालयद्वारा सहकारी अभियानको सुझावलाई वेवास्ता गरी समग्र सहकारी क्षेत्रलाई संकुचित गर्ने अभिप्रायले ऐन प्रस्ताव गरिएको उल्लेख गरेका थिए ।
 व्यवस्थापिका संसदको अर्थ समितिमा विचाराधीन उक्त विधेयकमा संघहरुको सुझावको आधारमा सांसदहरुले पेश गरेको संशोधन प्रस्तावको आधारमा उक्त विधेक संशोधन नगरी पारित गरिएमा समग्र सहकारी क्षेत्रमा ठूलो समस्या सृजना भई आर्थिक रुपमा देशमा गम्भिर संकट सृजना हुने निश्चित प्राय रहेको उनको धारणा थियो । सहकारीको अवस्थाबारे जानकारी गराउदै उनले वित्तीय कारोबारमा सहकारी संस्थाहरुको योगदान २५ प्रतिशत भन्दा बढी अर्थात् ४ सय ५० अर्ब भन्दा बढी रहेको जानकारी दिएका थिए । 
लालीगुराँस सहकारीले चालु आ.व.मा सरकारलाई ४ करोड १२ लाख ८२ हजार ६ सय २६ राजश्व बुझाएको छ । नेपाल सरकारलाई राजश्वमा गरेको योगदानमा समग्र सहकारी संस्थाहरु मध्ये अग्रणी स्थानमा रहेको छ । संस्थाले ललितपुरको चापागाँउ, काठमाडौंको चाबहिल र भक्तपुरको कौशलटार गरी ३ स्थानमा सदस्य सुबिधा काउण्टर संचालन गरेको छ । यस संस्थाले आ.ब. २०७२÷७३ मा ८ करोड ३३ लाख ३६ हजार ५ सय १६ रुपैया मुनाफा आर्जन गरेको छ । त्यसैगरी, २०७१÷०७२ को कूल कारोबार ३ अर्ब ७८ करोड ८१ लाख ९६ हजार ८१ रहेकोमा चालु आ.व. मा २२ दशमलब ०३ प्रतिशतले बृद्धी गरी कुल कारोवार ४ अर्ब ६२ करोड २९ लाख ६३ हजार १ सय ९८ रुपैया पु¥याएको छ । संस्थाको आ.व. २०७१÷०७२ मा ३ अर्ब २३ करोड ७७ लाख ९७ हजार ४ सय ८७ रुपैया निक्षेप रहेकोमा आ.व. २०७२÷०७३ मा २१ दशमलब १८ प्रतिशतले बृद्धी भई ३ अर्ब ९२ करोड ३४ लाख २२ हजार ७ सय २७ रुपैया पुगेको छ । 

Related News