लम्पसारवाद

राजनीति भनेको जीविकोपार्जन गर्ने पेशा होइन । यो त देश र जनताको सेवा गर्ने माध्यम हो । राजनीतिमा आएर जसले देश र जनताको सेवा गरेका छन्, तिनको नाम इतिहासमा अंकित छ । राजनीतिलाई माध्यम बनाएर जसले देश र समाज बर्बाद पारेका छन्, तिनको नाम पनि इतिहासमा कलंकित बनेको छ । इतिहासले कस्तो नया“ नेपाल बनाउने भन्ने जिम्मेवारी एमाले, माओवादी र कांग्रेसको का“धमा सुम्पिएको छ । इतिहासले सुम्पिएको यो जिम्मेवारीलाई अहिलेका नेताहरुले पूरा गर्न सकेनन् भने यी नेताहरु इतिहासमा कलंकित हुनेछन् । यदि त्यो जिम्मेवारी पूरा गर्न सके भने, यी नेताहरु नेपालको इतिहासमा पुस्तौं पुस्ताले सम्झन लायक हुनेछन् । लायक बन्ने कि नालायक भन्ने कुराको अग्निपरीक्षा अहिले हु“दैछ ।
संविधानसभाबाट जारी संविधान भारतको संविधान भन्दा पनि उत्कृष्ट छ । समावेशी र समानुपातिक नेपालको संविधानलाई पछ्याउन भारतले अझै धेरै समय कुर्नु पर्ला । तर, नेपाली जनताले पहिलोपटक उत्कृष्ट संविधान बनाएर विश्वका जनतालाई उदाहरणीय पाठ सिकाएको छ । संविधान आफै“मा पूर्ण हु“दैन । समयक्रममा त्यसलाई परिमार्जन गर्दै जानु लोकतान्त्रिक संविधानको विशेषता हो । नेपालको संविधानले पनि त्यो कुरालाई आत्मसात गरेको छ । नेताहरुले पनि यो कुरा भन्दै आएका छन् । तर, आफै“ले बनाएको संविधानमा हाम्रा नेताहरुले किन अडान राख्न सकेका छैनन् भन्ने कुराले हाम्रा नेताहरु स्वयं संविधानप्रति इमान्दार छैनन् कि भन्ने आशंका जन्मिएको छ । अहिले संविधान संशोधनको जुन बहस चलेको छ, त्यसले नेताहरुको हतास मनस्थितिलाई उजागर गर्छ । आम नेपाली जनता संविधान संशोधन होइन, कार्यान्वयन चाहन्छन् । यो जनमतको विरुद्ध जसरी नेताहरु हतारिएर संविधान संशोधनतिर लागेका छन्, त्यसले अन्ततः नेपालको राष्ट्रिय अखण्डता र राष्ट्रिय एकतामा आ“च पु¥याउने छ ।
अंगिकृतलाई संवैधानिक पदमा पु¥याउने र हरेक प्रदेशलाई पहाडबाट अलग्याउ“दै जाने हो भने एक दिन नेपाल भन्ने देश विश्वको नक्सामा खोज्नुपर्ने दिन आउन सक्छ । विश्वका धेरै देश यसरी नै टुक्रदै बिलाउ“दै गएको इतिहास हामीसामु छ । त्यसैले कसैको इशारामा, कसैलाई खुशी पार्न राष्ट्रघाती काम गरिनु हुन्न । अहिले प्रधानमन्त्री प्रचण्ड र कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधनमा जुन चासो देखाइरहेका छन्, त्यो नेपालको हितमा छैन । विश्व इतिहासमा नेपाल भन्ने देश निर्माण गर्न पृथ्वीनारायण शाहदेखि जंगबहादुरसम्मले धेरै रगत पसिना बगाएको इतिहास छ । हाम्रा वीर पुर्खाहरुले जोगाएको यति सुन्दर देशलाई हामी संविधान संशोधनका नाममा भताभुंग पार्न खोज्दैछौं । असन्तुष्टलाई सन्तुष्ट पार्ने नाममा असन्तुष्टका माग पूरा गर्दै जाने हो भने एक दिन सिके राउतको माग पनि थपिने छ । तराईलाई पहाडस“ग अलग गरेर तराईमा छुट्टै दुई प्रदेश बनाउने कुरा नेपालमा पनि ‘क्रिमिया’को घटना दोहो¥याउनु हो भने अंगीकृत नागरिकलाई देश सुम्पने कुरा नेपाललाई फिजीकरण गरिने कामको सुरुवात हो । त्यसको अभ्यास अहिले भइरहेको छ । हामी नेपाली भन्न छाडेर त मधेसी, म पहाडे भन्ने जुन भावनालाई ज–जसले मलजल गरिरहेका छन्, तिनको भित्री उद्देश्य भनेको नेपाललाई क्रिमिया नै बनाउनु हो ।
यो कुरा हाम्रा नेताहरुले नबुझेका होइनन् । बुझेर पनि बुझ पचाइरहेका छन् र प्रभुलाई खुशी पार्ने नाममा राष्ट्र विखण्डनको एजेन्डा बोकेर हिंडिरहेका छन् । यसैबाट थाहा हुन्छ हाम्रा नेता र लेन्डुपबीच फरक छैन । तर, नेपाली जनता, त्यसमाथि पनि आजका युवापुस्ता धेरै चनाखो छन् । राष्ट्र र राष्ट्रियताको जगेर्ना गर्न जस्तोसुकै बलिदानी दिन पनि तयार छन् भन्ने कुरा पा“च महिने नाकाबन्दीले पनि देखाइसकेको छ । नेपालको संविधान असफल पार्न गरिएको त्यो नाकाबन्दीबाट पाठ हामीले अझै सिक्न सकेका छैनौं र अरु थप ६ महिना प्रधानमन्त्री बन्न लम्पसारवाद अनुशरण गरिरहेका छौं ।

Related News