​लक्ष्मी बैंकले ३८ प्रतिशत बोनस शेयर दिने

काठमाण्डौ, २८ पुस । लक्ष्मी बैंकको पुस २७ मा बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट ३८ प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको छ । बैंकले हाल कायम पूँजी अनुसार उक्त हकप्रद दिन लागेको हो ।
प्रोफेसनल दियालो विकास बैंकलाई एक्वायर गर्ने लागेको लक्ष्मी बैंकले प्रोफेशनलाई एक्वाएर गरेपछि र त्यपछि बिक्री गर्न लागेको शतप्रतिशत हकप्रद समेतलाई समायोजन गर्दा बोनस १८ दशमलव २९ प्रतिशत हुने स्पष्ट पारेको छ ।
बैंकले प्रस्ताव गरेको बोनस राष्ट्र बैंकको स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाबाट पारित भएपछि लगानीकर्तालाई वितरण हुने बैंकले जनाएको छ ।

Related News