​लेखा समितिमा सभामुखको चलखेल ?

 काठमाडौं, २७ पुस । 
सभामुख ओनसरी घर्तीको चलखेलका कारण संसदीय समितिहरुको सभामुख चयन प्रक्रिया विवादित बन्न पुगेको छ ।  सभामुखको चलखेल गरेको भन्दै प्रमुख विपक्षी नेकपा एमालेको आपत्ति जनाएपछि संसदको सार्वजनिक लेखा समितिका सभापतिको निर्वाचन कार्यक्रम स्थगित भएको छ ।
समितिको सभापति चयनका लागि आज बुधबार निर्वाचन गर्ने तय भएको थियो । तर, निर्वाचन कार्यक्रम तय भइसकेपछि सभामुखले समितिमा नियमविपरीत सदस्य थपेपछि विवाद बढेको थियो ।  एमालेले आपत्ति जनाएपनि निर्वाचन स्थगित भएको हो ।   चुनावमा भोट बढाउन प्रचण्डको निर्देशनमा सभामुखले त्यस्तो अमार्यादित काम गरेकी हुन् ।  लेखा समितिका ५१ सदस्य मध्ये एमालेका १५ जना छन् । बुधवार निर्वाचन हुने गरी तालिका तय भइसकेपछि समितिमा कांग्रेसका तर्फबाट धु्रव वाग्ले सदस्य थपेकी थिइन् । सामान्यतया लेखा समितिमा विपक्षी दलको सांसद सभापति हुन्छन् । तर सरकारका भ्रष्टाचार लुकाउन माओवादी र कांग्रेस आफ्नै पार्टीका सांसदलाई सभापति बनाउन खोजेका छन् । 

Related News