प्रचण्ड सरकारका मन्त्रीले गाडी फिर्ता गरेनन्

काठमाडौं, २ कात्तिक  । पुष्पकमल दाहाल सरकारको बहिर्गमन भएको ४ महिना ब्यतित भइसकेको छ । तर दाहाल सरकारका एक मन्त्रीले सडक विभागबाट लगेको गाडी कात्तिक १ गतेसम्म फिर्ता गरेका छैनन् । सडक विभागको उक्त गाडी फिर्ता नगर्ने पूर्वमन्त्री हुन्–रमेश लेखक । उनले सडक विभागले क्षेत्रीय सडक निर्देशनालयका निर्देशकका लागि खरिद गरेको बा २ झ १७०२ नम्बरको मित्सुबिसी प्राडो अहिलेसम्म फिर्ता गरेका छैनन् । पूर्वमन्त्री लेखकले उक्त गाडीको सेतो नम्बर प्लेट नै परिवर्तन गरी गाउँ गाउँमा चुनाव प्रचारमा जाने गरेका छन् । सरकारी प्राडोको नम्बर प्लेट नै परिवर्तन गरी दुरुपयोग भए पनि निर्वाचन आयोगको ध्यान जान सकेको छैन । लेखकले सतो प्लेट परिवर्तन गरी रातो बनााएर चुनावमा दुरुपयोग गर्दा पनि सडक विभागले तान्न सकेको छैन । 
लेखक सरकारी गाडीको दुरुपयोग गर्दै कन्चनपुरका गाउँ गाउँमा चुनाव प्रचारमा सक्रिय छन् । क्षेत्रीय सडक निर्देशनालयको लागि खरिद गरिएको पजेरो पूर्वमन्त्री लेखकले कन्चनपुरको चुनाव प्रचारमा दुरुपयोग गरेका छन् । उनले सडक विभागको गाडीमा रातो नम्बर प्लेट हालेर चुनाव प्रचारमा कुदाएका छन् । बा २ झ १७०२ नम्बरको प्राडो मन्त्री लेखकले रातो प्लेट हाली कन्चनपुरमा चुनाव प्रचार गर्दा पनि निर्वाचन आयोगको ध्यान पुग्न सकेको छैन । 
पूर्वमन्त्री लेखकले विजय गच्छेदारको जति इमान्दारिता पनि प्रदर्शन गर्न नसकेको सडकका एक अधिकारीले बताएका छन् । गच्छेदारले भौतिक मन्त्रीबाट हट्नासाथ बा २ झ १७०० नम्बरको गाडी फर्काएका थिए । तर रमेश लेखकले भौतिक मन्त्रीबाट हटेको ३ महिना पुग्दा पनि गाडी फर्काएका छैनन् ।  पाँच वटा क्षेत्रीय निर्देशनालयका लागि बा २ झ १७००, १७०१, १७०२, १७०३ र १७०४ नम्बरका गाडी खरिद गरिएको थियो ।
पूर्वमन्त्री लेखकले मन्त्रीबाट हटेको ३ महिनासम्म पनि गाडी नफर्काई दुरुपयोग गर्दा पनि भौतिक मन्त्रालयले कुनै पहल गरेको छैन । शेरबहादुर देउवा र आरजुको निकट भएकै कारण सचिव कार्र्की र महानिर्देशक सिग्देलले लेखकसँग गाडी फर्काउनेबारेमा उच्चारण गर्न नसकेको विभागका अधिकारीले बताएका छन् ।
पुष्पकमल दाहाल प्रधानमन्त्रीबाट जेठ २३ गते बिदा भएका हुन् ।

Related News