​‘गठबन्धनलाई पत्र पठाउनु सकारात्मक’

लहान, ३१ जेठ । सद्भावना पार्टीका महासचिव मनीषकुमार सुमनले सरकारले वार्ताका लागि आइतबार संघीय गठबन्धनको नाममा पठाएको पत्रलाई सकारात्मक रूपमा लिएको बताएका छन् ।
अब छिट्टै गठबन्धनको बैठक बसेर यसबारे ठोस धारणा सार्वजनिक गरिने उनको भनाइ छ । 
उनले सञ्चारकर्मीसँग सार्थक र परिणाममुखी वार्ताका लागि गठबन्धन तयार रहेको बताए । ‘गठबन्धन वार्ताद्वारा नै निकास चाहन्छ तर सरकार नै गम्भीर नभएकाले आन्दोलन लम्बिँदै गएको हो,’ उनले भने, ‘हामीले वार्ताअघि नै मधेस आन्दोलनका क्रममा घाइते भएकाको उपचार, मृतकलाई सहिद घोषणा, मुद्दा फिर्ता तथा गठबन्धनले प्रस्तुत गरेको ११ बँुदे मागबारे सरकारको प्रारम्भिक धारणा आओस् भन्ने चाहेका छौं ।’ सरकारको धारणा आउनासाथ वार्तामा बस्ने उनको भनाइ थियो ।

Related News