​एलजीको डुअल फ्रिज भएको रेफ्रिजेरेटर बजारमा

दृष्टि न्यूज

काठमाडौं । एलजीको नेपालका लागी आधिकारीक विक्रेता चौधरी ग्रुपअन्तर्गत सिजी इम्पेक्सले एलजी व्राण्डको डुअल फ्रिज टेक्नोलोजि भएको रेफ्रिजेरेटर नेपालमा भित्र्याएको छ । यस डुअल फ्रिज टेक्नोलोजिले फ्रिजर लाई ६८ मिनेटमा फ्रिजमा बदल्न सक्ने जनाइएको छ । 
यसभित्र भएको एउटा बटम थिचेर फ्रिजको क्षमतालाई १.४ गुणा सम्म बढाउन सकिन्छ । ३ सय ३१ लिटर क्षमता भएको यो रेफ्रिजेरेटरलाई ४ सय ५८ लिटर सम्म बनाउन सकिन्छ । जसले ग्राहकलाई आवश्यकता अनुसार आफ्नो खाना तल तथा माथिको भागमा राख्न सक्नुको साथै ठूलो रेफ्रिजेरेटर किन्दा लाग्ने मूल्यको बचत गर्न सक्ने कम्पनीको दावी छ । एलजीले यस डुएल फ्रिजलाई उपभोक्ता केन्द्रित डिजाईन गरि ग्राहकमाझ ल्याएको जनाएको छ । 
यस रेफ्रिजेरेटरमा इन्भटर लिनिएर कम्प्रेसर रहेको छ । जसले खानालाई १४ दिन सम्म ताजा राख्ने कम्पनीको दावी छ । साथै यसमा डोर कुलिङ विशेषतापनि रहेको छ, जसले ३५ प्रतिशत सम्म चाडो चिसो पार्दछ । 

Related News