नेपाली सेनाका अनि थापा बने लिगलिगकोटका राजा

दृष्टि न्यूज

गोरखा ।
नेपाली सेनाका अनिश थापा यस वर्षको लिगलिगको राजा हुन सफल भएका छन् । लिगलिगकोटमा राजा चयन गर्ने पुरानो परम्परा कायम राख्न आयोजना गरिएको दौड प्रतियोगितामा बिजयी भएपछि नेपाली सेनाका अनिश थापालाई पर्यटनमन्त्री रवीन्द्र अधिकारीले श्रीपेच लगाइदिएका छन् । 

चेपे र मस्र्याङ्दी दोभानदेखि लिगलिगकोटसम्मको १३.५ किलोमिटर ५८.२५ मिनेटमा पार गर्दै एक वर्षका लागि राजा चयन गर्न दौड आयोजना गरिने पुरानो परम्परालाई सांस्कृतिक रुपले धान्न आयोजना गरिएको दौडमा १२२ जना युवाहरु राजा बन्ने प्रतिस्पर्धामा सहभागी थिए ।  श्रीपेचसँगै ६० हजार रुपैयाँ पुरस्कार वितरणपछि उनलाई पालुङ्टार नगरपरिक्रमा गराइएको आयोजक पालुङ्टार नगरपालिका आयोजक संस्था लिगलिग विकास अभियानले जनाएको छ । 

चारसय वर्षअघि दौडेर लिगलिगे राजा हुने परम्परालाई जगाइराख्न लिगलिगे दौड गरिएको अभियानले जनाएको छ । इतिहासअनुसार लम्जुङका राजकुमार द्रव्य शाह चेपेघाटबाट लिगलिगकोटसम्म दौडेर राजा बनेका थिए । त्यही इतिहासको सम्झनामा नौ वर्ष अघिदेखि लिगलिगकोट विकास अभियानले दौड गराउँदै आएको छ ।

Related News