​दीपकुमार र लिलामणि राजदुतमा अनुमोदन


काठमाडौँ, १६ असोज । 
संसदीय सुनुवाइ विशेष समितिले भारत र चीनका लागि प्रस्तावित राजदूतको नाम आज अनुमोदन गरेको छ । 
विशेष समितिको बैठकले भारतका लागि प्रस्तावित राजदूत दीपकुमार उपाध्याय र चीनका लागि प्रस्ताव गरिएका लीलामणि पौड्याललाई अनुमोदन गरेको हो । बैठकले न्यायपरिषद् सदस्यमा रामप्रसाद सिटौलालाई पनि अनुमोदन गरेको संसद् सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुइँकेलले जानकारी  दिए । 
समितिमा भारतका लागि प्रस्तावित उपाध्ययविरुद्ध तीन उजुरी परेको थियो । नाकाबन्दीको समयमा उनले भारतको अनुकुल काम गरेको आरोप लगाएर हटाइएको थियो । 

Related News