लाेकप्रिय बजेटदेखि तर्स्याे कांग्रेस, एकै दिन तेस्राेपटक संसद अवरूद्ध -

काठमाडाैं, १७ जेठ । सरकारले लाेकप्रिय बजेट ल्याएपछि तिल्मिलाएकाे प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले त्यसकाे प्रतिकार सुरू गरेकाे छ । साेमबार व्यवस्थापिका संसदकाे बैठक तीनपटक अवरूद्ध पारेर कांग्रेसले संसद अब मुठभेडतिर लैजाने संकेत दिएकाे छ । बैठक सुरु हुने बित्तिकै कांग्रेस सांसद तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतले बजेटको विवरण संसदमा पेश हुनु अगावै पत्रपत्रिकाबाट सार्वजनिक भएकोमा आपत्ति जनाउँदै छानबिनको माग गरे । उनकाे मागपछि कांग्रेस सांसदहरूले बैठक अवरूद्ध गरे । र, सभामुख अाेनसरी घर्तीले आधा घन्टाका लागि बैठक नै स्थगित गरिदिइन् । आधा घन्टापछि सुरु भएको बैठकमा कांग्रेसका अर्का सांसद रमेश लेखकले पुनः  छानबिनको माग गरेपछि कांग्रेसका सबै सांसदले आफ्नो स्थानबाट उठेर विरोध जनाए । सभामुख घर्तीले संसद् दिउँसो १:३० सम्मका लागि पुन: स्थगन गरिन् । १.३० बजे सुरू भएकाे बैठकमा कांग्रेसका सांसद महेश अाचार्यले कांग्रेसले उठाएकाे विषय सम्बाेधन नभएसम्म विराेध जारी रहने बताएपछि सभामुखले ३ बजेसम्मका लागि संसद पुनः स्थगन गरेकी छन् । कांग्रेस सांससदहरूले बजेट घोषणा हुनु अगावै  गोप्य सूचना एक दैनिक पत्रिकामा चुहाएर आर्थिक अनुशासन उल्लंघन गरेकाे र कर छल्नेहरुलाई सजिलो बनाएकाे अाराेप लगाउँदै अर्थमन्त्री विष्णुप्रसाद पाैडेलमाथि कारवाहीकाे माग गरेका छन् । 

Related News