​लुम्बिनीमा वाम गठबन्धन भर्सेस लोकतान्त्रिक गठबन्धन

चन्द्रकान्त खनाल, बुटवल १८ मंसिर । सबैको ध्यान आगामी मंसिर २१ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा केन्द्रित छ । पहिलो चरणको निर्वाचन सकिएसँगै उम्मदेवारले प्रचारप्रसारलाई तीव्ररुपमा अगाडि बढाएका छन् । उनीहरु मतदातालाई आफ्नो पक्षमा पार्न धान काट्नेदेखि हलो जोत्नसम्म बाँकी राखेका छैनन् । तर, कडा प्रतिस्पर्धा हुने लुम्बिनी अञ्चलका केन्द्रसँग सहजै पहुँच भएका नेताले जित्लान् कि हार्लान् भन्ने चर्चा चल्न थालेको छ ।
चन्द्र भण्डारी र प्रदीप ज्ञावली 
गुल्मी–१ बाट कांग्रेसका नेता चन्द्र भण्डारीसँगै एमालेका सचिव प्रदीप ज्ञवाली चुनावी मैदानमा छन् । यसअघिको चुनावमा ज्ञवाली भण्डारीसँगै पराजित भएका थिए । भण्डारीले जितलाई निरन्तरता दिने चुनौती छ । यस्तै ज्ञवालीलाई भण्डारीको वर्चश्व तोडेर आफ्नो पक्षमा जनमत ल्याउनु पर्ने चुनौती रहेको छ ।
दुवै राष्ट्रिय स्तरका नेता भएकाले गुल्मी–१ मा चुनावी सरगर्मी बढेकोे छ । एमाले नेता ज्ञवाली यसपटक माओवादी केन्द्रको पनि समर्थन रहेकाले नजिता आफ्नो पक्षमा आउने बताउँछन् ।
यस्तै कांग्रेस नेता भण्डारी भने लोकतान्त्रिक गठबन्धनको विकल्प नभएकाले आफ्नो जित निश्चित रहेको दाबी गर्दै आएका छन् । यस निर्वाचन क्षेत्रमा एक लाख पाँच हजार चार सय २५ मतदाता छन् । कालिगण्डकी, सत्यवती, रुरु, छत्रकोट, गुल्मी दरबार र चन्द्रकोट गाउँपालिकाका साथै रेसुंगा नगरपालिकाका ७ देखि १४ वडासम्म गुल्मी–१ मा पर्दछन् ।
स्थानीय तह निर्वाचनमा रेसुंगा नगरपालिकाबाहेक ६ वटा गाउँपालिकामा एमाले र कांग्रेस ३÷३ तहमा विजयी भएका थिए । क्षेत्र–१ मा पर्ने रेसुंगा नगरपालिकाका ८ वडामध्ये ४÷४ वडामा जितेका एमाले र कांग्रेसले मेयर र उपमेयर भने एमालेले जितेको थियो ।
यस क्षेत्रमा एमालेले करिब ३५ हजार ४ सय मत पाएको थियो । यस मतमा माओवादी केन्द्रको ७ हजार १ सय मत थपिदा वाम गठबन्धनको पक्षमा ४२ हजार ५ सय मत रहेको छ । वाम गठबन्धनले पाएको मतभन्दा कांग्रेसको मत ५ हजार कम रहेको देखिएको छ ।
पाल्पामा को कति पानीमा 
पाल्पाको क्षेत्र नम्बर दुईमा वाम गठबन्धनका तर्फबाट एमालेका सोमप्रसाद पाण्डे र लोकतान्त्रिक गठबन्धनमा कांग्रेसका नेता हरि नेपालबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ । दुवै यसअघिका निर्वाचनमा विजयी भएका थिए । ९५ हजार २ सय ७० मतदाता रहेका पाल्पामा दुवै उम्मेदवारलाई शाख जोगाउने चिन्ता छ ।
स्थानीय तहको निर्वाचनमा वाम गठबन्धनलाई ५३ हजार ५ सय ४४ मत र लोकतान्त्रिक गठबन्धनलाई ३७ हजार १ सय ४९ मत आएको थियो । स्थानीय तह निर्वाचनको मतलाई आधार मान्ने हो भने पाल्पामा वाम गठबन्धन १६ हजार मतले अगाडि छ ।
दीपक बोहरा र भुसालबीच टक्कर
रुपन्देही क्षेत्र नम्बर ३ मा वाम गठबन्धनबाट एमाले उपमहासचिव घनश्याम भुसाल र लोकतान्त्रिक गठबन्धनबाट राप्रपा ९प्रजातान्त्रिक०का वरिष्ठ उपाध्यक्ष दीपक बोहरा चुनावी मैदानमा छन् ।
बोहरा र भुसाल दुवै रूपन्देहीका लागि नयाँ भने होइनन् । बोहरा दोस्रो संविधानसभामा साविक रुपन्देही क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए । भुसाल २०५३ को उपनिर्वाचनमा रुपन्देही–२ बाट सांसद निर्वाचित भएका थिए भने २०७० को दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेसका नेता बालकृष्ण खाँणसँग झिनो मतले पराजित भएका थिए ।
दुवै उम्मेदवार स्थानीय भएकाले यस पटकको प्रतिस्पर्धा कौतूहलपूर्ण बनेको हो । भुसाल पार्टीमा बौद्धिक, समाजिक चरित्र बुझ्ने, विकासको मोडल तयार गर्न सक्ने नेतामा परिचित भएको एमाले नेताहरुको बुझाइ छ ।
दीपक बोहरा भने स्थानीय स्तरमा जनआधार नभए पनि क्षमतावान नेतामा परिचित छन् । समयसमयमा चर्चामा आउने उनी यस वर्ष नेपाल आयल निगमको जग्गा खरिदमा आर्थिक चलखेल गरेका थिए ।
स्थानीय तहको नतिजा हेर्दा यस क्षेत्रमा वाम गठबन्धन बलियो देखिन्छ । वाम गठबन्धनको मत बलियो देखिएको हुँदा भुषाल जित्नेमा ढुक्क छन् । स्थानीय तह निर्वाचनमा केही वडाबाहेक अधिकांशमा एमाले विजयी भएको थियो ।
ताजा जनादेश आफूहरुको पक्षमा रहेकाले र उम्मेदवार पनि शसक्त भएकाले नतिजा आफ्नो पोल्टामा पर्ने वाम गठबन्धन विश्वस्त छन् । स्थानीय कमला घिमिरे भन्छिन् स्थानीय स्तरमा भन्दा केन्द्रमा आवश्यक नेता भुसाल हुन् तर, विकासका लागि उनी त्यति घुलमिल हुन सक्दैनन् । उनले भुसाल विकास प्रेमीभन्दा सिद्धान्तप्रेमीमा रहेको बताइन् ।
एमाले उपमहासचिव घनश्याम भुसाल यस पटक आफूले सहज रुपमा जित्ने भुषाल बताउँदै आएका छन् । आफू विजयी भएपछि क्षेत्र नम्बर ३ लगायत समग्र रुपन्देहीको विकासका लागि नयाँ कार्यक्रम ल्याउने चुनावी कार्यक्रममा बताउँदै आएका छन् । चुनावी सभामा व्यस्त भुसालले यस पटक ‘चुनाव जिते सबैको प्रिय बनेर काम गर्ने बताएका छन् ।
स्वास्थ्यमन्त्रीसमेत रहेका बोहोरा आफूलाई रुपन्देहीका जनताले यस पटक पनि विजयी गराउने दाबी गर्दै आएका छन् । ‘रुपन्देहीको समग्र विकासमा मेरो ठूलो योगदान छ’ बोहोराले भने ‘मैले २०३९ सालदेखि रुपन्देहीमा विकासका योजनाहरु सुरु गरेको हुँ । यहाँको विकास र जनतासँग म भिजेको छु ।’ त्यसमाथि कांग्रेसको साथ रहँदा म चुनाव जित्नेमा ढुक्क छु बोहोराले थपे ।
रुपन्देहीको क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभाका लागि एक लाख ९ हजार २ सय ७८ र प्रदेशसभा ९क० तर्फ ५५ हजार १ सय ७६ र ९ख० तर्फ ५४ हजार १ सय २ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीले जानकारी दिएको छ ।
क्षेत्र नं ३ मा वाम गठबन्धनको मत २९ हजार दुई सय ८५, लोकतान्त्रिक गठबन्धनको २७ हजार नौ सय ३३ छ । यसैगरी संघीय समाजवादी फोरमले ४ हजार एक सय ९७ र फोरम लोकतान्त्रिकले २ हजार दुई सय नौ मत ल्याएका थिए ।
कपिलवस्तुमा पनि प्रतिस्पर्धा 
कपिलवस्तुको प्रतिनिधी सभा क्षेत्र नं। १ मा नेपाली कांग्रेसका नेता तथा पूर्वराजदूत दीपकुमार उपाध्याय लामिछाने र वाम गठबन्धनबाट माओवादी केन्द्रका नेता तथा पूर्वडेपुटी कमाण्डर चक्रपाणी खनाल ९बलदेव० प्रतिस्पर्धामा छन् ।
उनीहरुसँगै संघीय समाजवादी फोरमका अब्दुल रसिद खाँ र नयाँ शक्ति नेपालका ५ नं। प्रदेश संयोजक तथा पूर्वमन्त्री दानबहादुर चौधरी पनि चुनावी मैदानमा उत्रेका छन् ।
स्थानीय तह निर्वाचनमा प्रमुख पदका उम्मेदवारलाई खसेको मतका आधारमा कांग्रेसले २० हजार ७ सय ५२ मत पाएका छन् । वाम गठबन्धनले २६ हजार ७ सय १ मत पाएका छन् । यस आधारमा वाम गठबन्धन ६ हजार मतले अगाडि देखिएको छ ।
राजपा छाडेका वृजेश गुप्ताको समूहको मतसमेत वाम गठबन्धनमा आउने देखिएकाले वाम गठबन्धन अझ बलियो हुने देखिएको छ । संघीय फोरमका उम्मेदवारले स्थानीय तह निर्वाचनमा पाएको ७ हजार ३ सय मत रहेको छ ।
वाम गठबन्धनका नेता बलदेवले आफू ४ हजारको मत अन्तरले चुनाव जित्ने बताएका छन् । ‘हामीले यस पटक वाम घटक मिलेर चुनावमा गएका छौँ । त्यसकारण चुनाव जित्न सजिलो भएको छ’, बलदेवले भने । कांग्रेस नेता दिपकुमार उपाध्याय पनि आफूले चुनाव जित्ने बताउँदै आएका छन् । जनताको सेवक भएर काम गरेको छु । मलाई जनताले विजय गराउँछन् । लोकतान्त्रिक उम्मेदवार भएका उपाध्यायले अघिल्लो चुनावमा कांग्रेसको आन्तरिक कारण पराजए भएको बताउँदै अन्य दलको भोट पनि आफूलाई आउने हुँदा चुनाव जित्ने बताएका छन् ।

Related News