माछापुच्छे बैंकका एकै पटक ११ वटा स्थानवाट बैंकिङ सेवा

काठमाडौं, १६ साउन । माछापुच्छे बैंक लिमिटेडले १६ गते सोमबारदेखि एकै दिन थप ६ शाखा कार्यालय, ३ एक्स्टेन्सन काउन्टर तथा २ शाखारहित बैकिङ सेवाको सुरुवात गरेको छ । 
बैंकले दमक, लहान, बर्दिवास, सुर्खेत, महेन्द\नगर रकोहलपुरमा गरी ६ वटा नयाँ शाखा कार्यालयहरु संचालनमा ल्याएको छ भने सिरहाको कल्याणपुर गाउँपालिका,  तनहुंको भिमाद नगरपालिका तथा कंचनपुरको पुर्नवास नगरपालिकामा एक्स्टेन्सन काउन्टरहरु संचालनमा ल्याएको छ । त्यसैगरी बैंकले रुपन्देहीस्थित गैंडहवा तथा सम्मरीमाई गाउँपालिकाहरुमा शाखा रहित बैकिङ्ग सेवा संचालनमा ल्याएको छ । 
बैंकले शाखा सुभारम्भ भएको उपलक्ष्यमा निश्चित समयको लागि निःशुल्क डेविट कार्ड उपलब्ध गराउने, कर्जा शुल्कमा ०.२५ प्रतिशत छुट दिने र लकर शुल्कमा ५० प्रतिशत छुट प्रदान गर्ने सुविधासमेत उपलब्ध गराएको छ । त्यसैगरी, बैंकले यी सवै नयाँ शाखा तथा एक्स्टेन्सन काउन्टर खुल्ने स्थानहरुमा विभिन्न सामाजिक उत्तरदायित्वअन्र्तगतका कार्यक्रमहरु सम्पन्न गरेको छ । 
नयाँ शाखामार्फत बैंकले आफ्ना ग्राहकहरुलाई कर्जा, निक्षेप लगायतका सम्पुर्ण बैकिङ्ग सुबिधा उपलब्ध गराएको छ । यसका साथै उक्त शाखाहरुमा २४ घण्टा नै रकम झिक्न सकिने आफ्नै एटिएमको सुबिधासमेत उपलब्ध गराएको बताएको छ । 
बैकले २०७३ साल चैत्र मसान्तसम्म रु. ५८ अर्व ४ करोड निक्षेप परिचालन गरी रु. ५३ अर्व ५ करोड कर्जा प्रवाह गरेको छ भने सोही अबधिमा रु. १ अर्व ५१लाख खुद मुनाफा गरेको छ ।
यस बैकले दैनिक बैकिङ्ग कारोबार संचालन गर्न प्रयोग गरेको बैंकिङ सफ्टवेयर ग्लोवस बिश्वमा नै उत्कृष्ट मानिन्छ र यसको माध्यमबाट ग्राहकहरुले अत्याधुनिक सेवा प्राप्त गर्दै आएका छन् । 
बैकले पुर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ६२ वटा शाखाहरु, ४ वटा एक्स्टेन्सन काउन्टरहरुलगायत २ शाखारहित बैकिङ्गसेवा समेत गरी जम्मा ६८ स्थानवाट ग्राहकलाई बंैकिङ्ग सुबिधा प्रदान गरिरहेको जनाएको छ । 

Related News