‘समाजवादी आन्दोलन र न्यायपूर्ण समाज नै जबज हो’

घनश्याम सुवेदी

‘सिद्धान्तका निम्ति जीवन होइन, जीवनकालागि सिद्धान्त' जननेता  मदन भण्डारी नेपाली कम्युनिष्ट इतिहासको मात्र नभई विश्व साम्यवादी आन्दोलनका एक महान् अभियन्ताका युगपुरुष हुनुहुन्छ। राजनीतिक आकाशका तेजस्वी प्रतिभावान मदन भण्डारीले  ‘के भइरहेछ त्यो हेर्नेमात्र होइन, के हुनुपर्छ र के हुनसक्छ' भनी सर्वमान्य विकल्प खोजी गर्ने कर्मठ परिवर्तन – क्रान्तिद्योतक मार्गदर्शक व्यक्तित्व हुनुहुन्छ।

मदन भण्डारी एउटा सामान्य व्यक्ति भन्दा पनि धेरै एउटा विचारक हो, देशको स्वभिमानलाई उच्च राख्न देशभक्ति निस्वार्थ स्वतन्त्रताको लडाईका एक वीरपुरुष हो। नेपाली राजनीतिको सर्वाधिक  लोकप्रिय राजनेता  मदन भण्डारी कम्युनिष्ट आन्दोलनको प्रजान्त्रीकरणका नायक जनाताको वहुदलीय जनवादका प्रवर्तक एवम्  नवीन विचारक मदन नेपाली समाजको प्रगतिशील रुपान्तरण गर्ने निष्ठावान् राष्ट्रप्रेमि गौरवशाली नयन हो। ख्यातिको हिसावले नेपालको राजनीतिक इतिहासमा मात्रै नभई विश्व राजनीतिक इतिहासमा समेत मुल्याङ्कन गर्दा नयाँ आयम थप्ने बिरलाकोटी नेताको रुपमा प्रस्तुत हुनुभएको छ।

वि.स. २००९ असार १४ गते बुवा देवीप्रसाद भण्डारी र आमा चन्द्रकुमारी भण्डारीका माहिला छोराको रुपमा पूर्वी नेपालको पहाडी ताप्लेजुङ्ग जिल्ला ढुङ्गेसाँघुमा जन्मेका मदन भण्डारीमा  बहुमुखी प्रतिभाले भरिपूर्ण क्षमता रहेको थियो। प्रखर बौद्धिकता र स्मरणशक्तिको कारणले बाल्यकालमै जिल्लाभरि चर्चित मदनले वि.स. २०२४ सालमा बालसुबोधिनी संस्कृत पाठशालाबाट प्रवेशिका उत्तीर्ण गरी उच्च शिक्षा अध्यययनकालागि भारतको मथुरातिर प्रस्थान गर्नुभयो। मदनले भारतको बनारसको वाराणसेय  संस्कृत विशवविद्यालयबाट भाषा साहित्यमा स्नातकोत्तर गर्नुभएको थियो।

राजनीतिक व्यक्तित्व

मदन भण्डारीको राजनीतिक जीवन पुष्पलाल श्रेष्ठले नेतृत्व गरेको नेकपाको भातृ संगठन नेपाली जनवादी सांस्कृतिक संघबाट सुरु हुन्छ। ‘राजनीतिमा थकाइ भन्ने शब्दावली हुँदैन' भन्ने मदनको  राजनीतिक जीवन यात्राको सुरुवात वि.स. २०२४ सालदेखि  बनारसबाट हुन्छ। वि.स. २०२९ सालमा मदन भण्डारी संगठनको केन्द्रीय सदस्य हुनुभयो र कम्युनिष्ट पार्टीको पनि सदस्य त्यही बेला हुनुभयो। जीवराज आश्रित, मोदनाथ पश्रित र मदन भण्डारी जस्ता जोसिला युवा नेताहरुको सक्रियतामा २०३४ सालमा पुष्पलालसँग विद्रोह भयो।  यता झापाली समूहले वि.स. २०३२ सालमा अखिल नेपाल कम्युनिस्ट क्रान्तिकारी कोअर्डिनेसन कमिटी (माले) गठन गरिसकेका थिए जसलाई कोके पनि भनिन्थ्यो। मुक्ति मोर्चासमूहको २०३४ साल भदौ १४ गते कोकेसंग एकता भयो। यसरी यिनै दुई समूहको सक्रियतामा २०३५ साल पुस ११ गते नेकपा (माले) को स्थापना भयो र मदन भण्डारी त्यसका केन्द्रिय सदस्यका रुपमा रहनुभयोे। अनवरत सक्रिय राजनीतिका यात्री मदन २०४१ सालमा नेकपा (माले) को पोलिटब्यूरो सदस्य हुनुभयो भने २०४६ भदौमा सम्पन्न चौथो महाधिवृशनबाट उहाँ महासचिवमा निर्वाचित हुनु भयो। प्रथम जनआन्दोलन २०४६मा पार्टीको तर्फबाट सुप्रिम कमाण्डरको जिम्मेवारी सम्हाल्नु भएको भण्डारीले २०४७ मा निर्मित नेपाल अधिराज्यको संविधानलाई आलोचनात्मक समर्थन गर्ने एउटा दुरदर्शितापूर्ण निर्णय गर्नुभयो। उहाँको  यो कदम सामन्तवादी सामाजिक व्यवस्थाको गर्भ भित्र समाजवादी राज्य व्यवस्थाको भ्रुण पैदा गर्ने मार्क्सवादी मान्यताको सहि प्रयोग थियो। २०४६ मा माले र मार्क्सवादी एकीकरणपछि मनमोहन अधिकारीलाई अध्यक्ष बनाएर उहाँ महासचिव बन्नुभयो। नेकपा (एमाले) को आफुभन्दामाथि अर्को व्यक्ति राखेर उहाँ तल रहनु , जसले मदन भण्डारीमा पदीय लालचा थिएन भन्ने सिद्ध गर्छ।  

 वि.स. २०४८ सालमा सम्पन्न संसदीय निर्वाचनमा तत्कालिन नेपाली काङ्ग्रेसका सभापति तथा मुलुकका प्रधानमन्त्री कृष्णाप्रसाद भट्टराईलाई चुनावमा परास्त गदै काठमाडैं क्षेत्र नं. १र ५ बाट प्रतिनिधि सभा सदस्य बनेलगतै उहाँ चर्चाको शिखरमा पुग्नुभयो। नेपालको लोकतान्त्रिक, गणतान्त्रिक र वामपन्थी आन्दोलनको प्रखर नेता क. मदन भण्डारीको २०५० साल जेठ ३ गते दासढुङ्गमा भएको रहस्मय जीप दुर्घटनामा परि दुःखद अवसान भयो। नेपाली जनवादी आन्दोलनको नेतृत्वकारी विचार अर्थात जनताको बहुदलीय जनवादका प्रणेता मदन भण्डारी सिंगो मुलकले गुमायो। जनताका  हृदयमा नमेटिने छापका रुपमा वसिसक्नु भएको मदन राष्ट्रको एक अपरिहार्य जननेताको रुपमा परिभाषित हुनुभएकोृ  छ।

 जबज नेतृत्वकारी विचार

नेकपा एमालेको राजनितिक कार्यक्रमका रुपमा क मदन भण्डारीद्धारा प्रतिपादित जनताको बहुदलिय जनवाद पाँचौँ राष्टि्रय महाधिवेशनबाट नेपाली क्रान्तिको मौलिक कार्यक्रमिक रुपमा स्विकृत भएको हो। त्यसैले यसको बिकास पनि क्रमिक रुपमा हुँदै छैटौँ राष्टि्रय महाधिवेशन पछि नेपाली क्रान्तिको सिद्धान्तको रुपमा पार्टीले आत्मसाथ गर्दै आएको छ। राजनितिक सिद्धान्त जनतालाई आर्थिक, सामाजिक, साँस्कृतिक तथा राजनीतिक रुपमा समृद्ध र अधिकार सम्पन्न बनाउने सुत्रबद्ध कार्यदिशा हो। बर्गीय, जातीय, क्षेत्रीय, लींगिय उत्पीडन बिरुद्ध आन्दोलनको उठान गरि स्वाधिन  समृद्ध अनि समाजवादउन्मुख राष्ट्र निर्माणमा जबजको भुमिका नेतृत्वदायी छ। यो देशको समाजवादी आन्दोलन र न्यायपूर्ण समाज रुपान्तरण कार्यक्रमको नाम नै जनताको बहुदलीय जनवाद हो। उग्रबामपन्थी चिन्तनले गर्दा हिंसा र अधिनायकत्वको प्रतिकजस्तो बनाइएको बामपन्थी आन्दोलनलाई लोकतान्त्रिकरण गर्दै ‘बदलिँदो विश्व परिबेशमा बिभिन्न आयामको सुक्ष्म बिश्लेषण तथा शान्तिपूर्ण ढंगमा सामाजिक परिवर्तन सम्भव छ' भन्ने मान्यतालाई स्था्पित गरेका हुनाले नै जबज नेतृत्वकारी विचार हो। विश्व कम्युनिष्ट आन्दोलनमा उत्पन्न समस्या र संकटलाई बिश्लेषण गर्दै अघि बढ्ने सन्दर्भमा जबजले प्रजातान्त्रिकरणको क्रान्तिकारी धार, क्रान्तिकारीको जडशुत्रवादी धार र उदारीकरणको बिसर्जनबादी धार जस्ता तीन किसिमका अबधारणाहरुको ठोस बिश्लेषण गर्दै नेपाली जनवादी क्रान्तिलाई अगाडि बढाउन मौलिक र  बैज्ञ्ाानिक कार्यक्रम पेश गरेको छ।

 मदन भण्डारीले नेपाली जनवादी क्रान्ति र विश्व कम्युनिष्ट आन्दोलनको सन्दर्भमा जनताको बहुदलीय जनवादमार्फत १४ बुँदे विश्ोषतालाई वैज्ञानिक ढङ्गले प्रस्तुत गर्नुभएको छ। संविधानको सर्वोच्चता, बहुलवादी खुला समाज शक्ति पृथकीकरणको सिद्धान्त, मानव अधिकारको रक्षा, बहुमतिय सरकार र अल्पमतको विपक्ष, राष्ट्रिय हितअनुरुपको विदेशी नीति, नेतृन्व र अधिनायकत्व लगायतका महत्वपूर्ण १४ बुँदाहरुमा परिभाषित जवज नेपाली समाजको विशिष्टतामा मार्क्सवादको सिर्जनात्मक प्रयोग हो।

 जनताको बहुदलीय जनवादले मानव समाजको विकासका क्रममा मानव जातिले आर्जन गरेका जीवन्त र मूल्यवान उपलब्धिहरुलाई आत्मसात् गर्दै त्यसको जगमा उभिएर मार्क्सवाद लेनिनवादको रक्षा र विकास गर्न चाहेको छ। जवजले समाजको परिवर्तन, विकास र अग्रगतिका लागि सामाजिक नियन्त्रण र सन्तुलनको सिद्धान्तलाई आत्मसाथ गर्दै शान्तिपूर्ण संघर्षमा यावत रुप र तरिकालाई प्रयोग गर्दै वलात् परिवर्तनलाई सहज बनाउन चाहेको छ। जनता नै शक्तिका स्रोत, राज्य व्यवस्थाको सार नै जनता र राष्ट्रको हित एंवम कल्याण हो भन्ने मान्यतालाई स्वीकार गरिएको यही मान्यताका आधारमा राज्यशक्तिलाई लोकतान्त्रिक ढङ्गले संङ्गठित र परिचालित गर्न खोजेको छ। ‘निषेधको निषेध सम्बन्धी' द्धन्द्धात्मक भौतिकवादी दार्शनिक अवधारणालाई गहिराइका साथ आत्मसात् गर्दै गतिशील बस्तुको पतनशील पक्षलाई छाडेर सुस्थिर पक्षलाई  अघि बढाउने सन्तुलनकारी मानयतालाई अघि सारेको छ।  नेपाली समाजमा विकसित राष्ट्रवाद, मानवतावाद र  जनवादलाई  समाजको विश्ोषता र विशिष्टता अनुरुप अघि बढाउने जवजको यो विचार देश निमाृर्णको निम्ति सुन्दर योगदान हुनसक्छ।

साभारः सेतोपाटी डटकम, २०७२ असार १४

Related News