​‘मधेशवादी दलले समानुपातिकमा पहाडे समुदायलाई ४० प्रतिशत सांसद बनाउनुपर्छ’

काठमाडौं, १३ पुस। मधेशवादी पार्टीहरुले समानुपातिक सांसद बनाउँदा पहाडी समुदायबाट ४० प्रतिशतलाई समेट्न मधेशी बुद्धिजीवीहरुले नै सुझाव दिएका छ!# k';न् । मधेशवादका बिषयमा विद्यावारिधी गरेका डा. राजेश अहिराजले  भने–मधेशमा ३८ प्रतिशत पहाडी समुदायका मानिस बसोबास गर्दछन् । मधेश आन्दोलनमा पहाडे समुदायले सघाएका थिए । सारा मधेशका घटनाक्रममा पहाडेहरु साक्षी बसे । कहीँ कतै विरोध गरेनन् । अहिले समानपातिक सिट बाँड्दा मधेशमा रहेका पहाडी समुदायलाई सम्बोधन हुनेगरी ४० प्रतिशत ठाउँ दिनुपर्छ ।’ 
‘मधेशवादी पार्टीहरुले विभेदका विरुद्ध राज्यसँग अधिकार माग्ने तर आफूले स्थानीय समावेशीकरण गर्नुपर्ने कि नपर्ने ?’ उनको प्रश्न छ ।
यदि मधेशभित्र रहेका पहाडी समुदायलाई पनि जनघनत्वका आधारमा ठाउँ दिएन भने भोलि उनीहरुले पनि मधेशमा अधिकार खोज्छन्,डा झाले भने– त्यतिबेला हुने आन्दोलन, विद्रोह, चक्काजामको जिम्मा कसले लिने ? विभेदको विरुद्ध लडेकाहरुले मौका पायो भनेर अर्को समुदायविरुद्ध विभेद गर्नुहुँदैन । प्रतिनिधिसभामा मधेशी दल दुवैले पाएको ६–६ वटा समानुपातिक सिटमा २–२ वटा र प्रदेशमा करिब २५ वटामा कम्तीमा ४–४ सांसद पहाडी समुदायबाट बनाउनुपर्छ । यसले मधेशवादी दलहरुले मौका पाए भने सबैलाई अवसर दिन्छन् भन्ने सन्देश जान्छ ।’ 
 

Related News