​ निर्माता वाग्ले जेल चलान

दृष्टि न्यूज

काठमाडौं, ३० जेठ। 
चर्चित फिल्म निर्माता माधव वाग्ले जेल चलान भएका छन्।  फिल्म सुटिङ प्रयोजनका लागि छापिएको नक्कली नोट दुरुपयोग गरेको आरोपमा पक्राउ परेका उनलाई अदालतले जेल चलानको आदेश दिएको हो।  
 २ करोड ६२ लाख रुपैँया जरिवाना र १० वर्षसम्म कैदको सजाय माग गरी मुद्दा दायर गरिएको छ। गत जेठ २ गते उनीहरुलाई प्रहरीले नक्कली नोटसहित पक्राउ गरेको थियो।  
‘चंगा चेट’ फिल्मको सुटिङका लागि भनेर उनीहरुले साढे दुई करोड रुपैयाँ भन्दा धेरै नक्कली नोट छापेका थिए। त्यो नोट बजारमा दुरुपयोग भएपछि प्रहरीले वाग्लेसहित प्रकाश सुवेदी, सुजित तामाङ, साजन तामाङ, महेन्द्र बोगटी र विकेश नापितलाई पक्राउ गरेको थियो।  

Related News