​महिन्द्राको विद्युतीय कार बजारमा

काठमाडौं, २७ पुस । भारतीय सवारी उत्पादक कम्पनी महिन्द्रा एन्ड महिन्द्राको विद्युतीय कार ‘इटुओ–स्पोर्टस’ सार्वजनिक भएको छ । नयाँ कार आरामदायी, सुरक्षित, सजिलो तथा वातावरणमैत्री भएको बताइएको छ । 
‘महिन्द्रा इटुओ’को अपग्रेडेड भर्सनका रूपमा आएको इटुओ–स्पोर्टस निकै आकर्षक, सुविधाजनक र उपयोगी रहेको कम्पनीले जनाएको छ । ‘इटुओ–स्पोर्टस’ अब छिट्टै इलेक्ट्रिक गाडीले अन्य फ्युलबाट चल्ने गाडीलाई विस्थापित गर्दै जाने विश्वास व्यक्त गरे । 
सानो आकारका ‘स्मार्ट कार’ का प्रयोगकर्ता यसमा जडित प्रविधि र सुविधाबाट निकै सन्तुष्ट हुने दाबी महिन्द्रा गाडीको आधिकारिक विक्रेता अग्नि इन्कर्पोरेटको छ । इटुओभन्दा पनि आकर्षक डिजाइन र सुविधाका साथ ल्याइएकाले धेरैको रोजाइमा इटुओ स्पोर्टस पर्ने विश्वास कम्पनीले गरेको छ । यो कारमा डुअल एयरब्याग र एबीएस सिस्टम जडान गरिएको छ । 
इटुओ स्पोर्टस डिजेल र पेट्रोलबाट चल्ने अन्य कारभन्दा निकै स्मार्ट रहेको र ड्यासबोर्डमा एन्ड्रोइड भर्सनको टच स्क्रिनयुक्त इन्फोटेन्मेन्ट डिस्प्ले छ । यसमा फस्ट चार्जिङ तथा रियर वाइपरको सुविधा पनि छ । लेदर सिट रहेको इटुओ स्पोर्टसमा प्रिमियर स्टाइलिङ, स्टेरियङ माउन्टेड अडियो कन्ट्रोल पनि छ । 
महिन्द्रा इटुओ स्पोर्टस ९० मिनेटमा फुल चार्ज हुने र त्यस पछि १ सय २६ किलोमिटर गुड्न सक्ने कम्पनीले जनाएको छ । इटुओ स्पोर्टसमा नेक्स्ट जेनेरेसन ब्याट्री प्रयोग गरिएको छ । 
यो अधिकतम् १ सय किलोमिटर प्रतिघण्टाको गतिमा गुड्नेछ । यसअघि इटुओको अधिकतम गति ८० किलोमिटर प्रतिघण्टाको गति थियो । इटुओ स्पोर्टस बजार मूल्य २६ लाख रुपैयाँ तोकिएको छ । इटुओ स्पोर्टसको खरिदमा ३ वर्ष वा ६० हजार किलोमिटरको वारेन्टी  दिइएको अग्निले जनाएको छ ।

Related News