महोत्तरीको मनहरा र रामेछापको खाँडादेवी गाउँपालिकामा लक्ष्मी बैंक

दृष्टि न्यूज

काठमाडौं, २ जेठ । लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा महोत्तरीको मनरा र रामेछापको खाँडादेवी गाउँपालिकामा नयाँ शाखा सञ्चालनमा ल्याएकोे छ । 
यी दुई थप शाखाहरुसहित लक्ष्मी बैंकको शाखा सञ्जाल ८२,  हस्पिटल सेवा काउन्टर ३,  ए टिएम १०१, २५०० भन्दा बढी रेमिटेन्स, ५१ शाखारहित बैंकिङ सेवा र ४०० भन्दा बढी मोबाइल एजेन्टहरु पुगेको बैंकले जनाएको छ । लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि यापक बनाउने विश्वास राखेको छ ।
थप दुई शाखा विस्तारसँगै बैंकले ग्राहकहरुलाई उनीहरुकै रोजाइको माध्यम अर्थात् शाखा कार्यालय, इन्टरनेट बैंकिङ्ग र मोवाईल फोन मार्फत बैंकिङ सेवा प्रादन गरी शहरी तथा अर्ध शहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहक अनुभवलाई अझ सशक्त पार्ने नीति अनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ ।
आव २०७३-७४मा ५९.३२  अर्ब निक्षेप र ५२.७३ अरब कर्जा पु¥याएको यस बैंकको वासलातको आकार ७०.९० अरब रहेको छ । सोही आवमा बैंकले १०० करोडको हाराहारीमा खुद मुनाफा आर्जन गर्न सफल भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा २७ प्रतिशतले बढी हो । यसका साथ साथै संपूर्ण वित्तीय सूचकहरु नियामक व्यवस्था अनुरुपनै राम्रो अवस्थामा रहनुका साथै भविष्यको लागि उत्साह जनक रुपमा रहेका छन् ।
सुविधाजनक नयाँ निक्षेप योजनाहरु र विभिन्न आवधिक तथा बचत निक्षेप सेवाहरुका साथसाथै व्यक्तिगत तथा साना व्यवसाय कर्जा सेवाहरु प्रदान गरी व्यक्तिगत तथा साना व्यवसाय बैंकिङ्ग सेवाको दायरा लई फराकिलो पार्दै जाने लक्ष्य बैंकले लिएको छ । विशेष गरी साना व्यवसाय कर्जा र व्यवसायिक कृषि क्षेत्रमा बैंकले आफ्नो ध्यान केन्द्रित गरेको छ । जस अनुरुप देशका विभिन्न क्षेत्रका सानातथा लघु उद्यमीतथा कृषकहरुलाई सरल रुपमाकर्जा प्रवाहगर्नुका साथै वित्तीय सेवातथा सल्लाहप्रदान गरी उनीहरुको व्यवसाय प्रवद्र्धन तथा वित्तीय व्यवस्थापन कार्यमा ठूलो मद्दत पु¥याएको  बैंकले जनाएको छ । आगामी दिनमा बैंकले अझ धेरै शाखा अनि सेवाहरु देशभरि विस्तार गर्ने लक्ष्य लिएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Related News