​माओवादीले सरकार छाड्यो

काठमाडौ., ३१ असार 
माओावादी केन्द्र सरकारबाट बाहिरिने भएको छ । मंगलबारदेखि नै माओवादी मन्त्रीहरुले सरकार छाड्न लागेका हुन् । 
प्रधानमन्त्री शेर बहादुर देउवाको दबाबपछि माओवादीका सबै मन्त्रीहरुले सरकार छाड्न लागेका हुन् । माओवादीबाट गृहमन्त्री रहेका जनार्दन शर्माले दिउसो बिदाई पत्रकार सम्मेलन गर्दै छन् । मंगलबार बिहान प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भएको भेटघाटपछि माओवादी बाहिरिन लागेको हो । प्रचण्डले आफ्ना मन्त्रीहरुलाई नहटाउन दबाब दिएका थिए । तर, देउवाले नमानेको स्रोत बताउछ । 
माओवादीले चुनावमा एमालेसँग गठबन्धन गरेपछि देउवाले माओवादी मन्त्रीहरुलाई राजिनामाका लागि दबाब दिदै आएका थिए । 

Related News