​बालयौन दुराचारको आरोपमा मेजर हिरासतमा

दृष्टि न्यूज

काठमाडौं, २७ पुस । 
बालिकालाई यौन दुराचार गरेको आरोपमा सेनाका सेनानी (मेजर) पक्राउ परेका छन्। मेजर प्रभवविक्रम शाहलाई महानगरीय प्रहरी वृत्त बानेश्वरले पक्राउ गरेको हो।  

बुद्धनगरस्थित आफन्तको घरमा उनले १४ वर्षीया बालिकासँग अप्राकृतिक यौन गतिविधि गरेको पीडितका आफन्तले जनाएका छन्। महानगरीय प्रहरी वृत्त बानेश्वरले जर्बजस्ती करणी मुद्दामा म्याद थप गरी उनीविरुद्ध अनुसन्धान अघि बढाएको छ। शौचालयमा उनले आफ्ना यौनअंग चलाउन लगाएको अवस्थामा स्थानीयले देखेका थिए। 

घटना पुस १४ गतेको हो। बालिकालाई आफन्तको घरको शौचालयमा आफ्ना यौन अंग चलाउने लगाएको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेर उनलाई पक्राउ गराएका थिए।  

नम्बर २३ बाहिनी बाग्लुङमा कार्यरत मेजर शाह हाल सैनिक हिरासतमा रहेको सैनिक प्रवक्ता सहायक रथी गोकुल भण्डारीले बताए। ’हाल उनी सैनिक प्रहरीको हिरासतमा छन्। अनुसन्धानका लागि प्रहरीलाई नै बुझाउछौं, उनले भने। 

मेजर शाहविरुद्ध जर्बजस्ती करणी मुद्दा अन्तर्गत बालयौन दुराचारसम्बन्धी कसुरमा कारबाही हुने महानगरीय प्रहरी वृत्त बानेश्वरका डिएसपी रवि पौडेलले बताए।

Related News