​अब अनलाइनबाटै मकालुको टिकेटिङ

दृष्टि न्यूज

काठमाडौं । नेपालको पुर्वी क्षेत्रमा स्तरिय सेवा प्रदान गर्दै आएको मकालु यातायातले अबदेखि अनलाइनबाटै टिकट काट्न सकिने व्यवस्था गरेको छ । 
प्रविधिको बढ्दो प्रयोगसँगै यात्रुलाई सहज होस् भन्ने ध्येयले टिकट सेवा अनलाइनबाट सुरु गरेको माउन्टेन मकालु यातायात प्रालिले जनाएको छ । यात्रुलाई अनलाइन सेवा दिनका लागि कम्पनीले बससेवा डटकमको सहकार्यमा अनलाइन सेवा सुरु गरेको हो । राजधानीमा एक कायक्रमबीच मकालुले अनलाइन सेवा सुरु गरेको हो ।
पछिल्लो समय यातायात सेवामा प्रतिस्पर्धात्मक बजार छ । यसैलाई मध्येनजर गर्दै मकालुले अनलाइन टिकेटिङ ल्याएको हो । यससँगै अब पुर्वी नेपालका विर्तामोड, भद्रपुर, काँकडभिट्टा, बुधबारे, ताप्लेजुङ, विराटनगर र जनकपुरलगायतका क्षेत्रबाट अनलाइनबाटै यात्रुले टिकट काटेर सेवा लिन सक्ने मकालले जनाएको छ ।
माउन्टेन मकालु यातायताका अध्यक्ष तुलसीमान सिंहका अनुसार अनलाइन सेवाबाट टिकेटिङको सुविधाले यात्रुलाई सहज हुनेछ । उनले भने, ‘विश्वमा मात्र नभएर नेपालमा समेत अहिले प्रविधिको प्रयोग बढ्दो छ । हरेक क्षेत्र प्रविधिको प्रयोगले अगाडि बढिरहेका बेला यातायात क्षेत्रलाई पनि प्रविधिमैत्री बनाउने उद्देश्यले अनलाइन सेवा सुरु गरेका हौँ ।’

Related News