मकालु एयरको जहाज हुम्लाको खार्पुनाथ गाउँपालिकामा भेटियो, अवस्था अज्ञात

दृष्टि न्यूज

काठमाडौं/सिमकोट
आज विहानदेखि सम्पर्क विच्छेद भएको मकालु एयरको जहाज हुम्ला जिल्लाको सिमकोटदेखि माथि खार्पुला गाउँपालिकाम फेला परेको स्थानीयबासीलाई उध्रित गर्दै सभासद छक्क बहादुर लामाले जनाएका छन् । 
स्थानीय प्रत्यक्षदर्शी गोठाला देवराज रावलको भतिजा लामा रावललाई उध्रित गर्दै सभासद छक्क बहादुर लामाले दृष्टि न्यूजलाई दिएको जानकारी अनुसार खार्पुला गाउँपालिकाको थाली गाउँको बामखर्क भन्दा अलि माथि एक्लेभूत भन्ने स्थानमा फेला परेको छ । त्यहाँ एउटा चौर समेत रहेको उनले बताए । गोठाला नजिक जान डराएको भन्दै सांसद लामालाई केही बेर अघि फोन गरेको उनले बताए । 
स्थानीयबासीले जहाजमा आगो नलागेको बताएका छन् । जहाज सुरक्षित हुनसक्ने अनुमान गरिएकोे छ । यद्यपि हालसम्म पनि सो स्थानमा प्रहरी पुग्न सकेको छैन ।


अपडेट
...........................
काठमाडौं/बाजुरा ।
हुम्लाको सदरमुकाम सिमकोटका लागि सुर्खेतबाट विहान ६ः१२ बजे उडेको जहाज सम्पर्क विच्छेद भएको छ । एउटा मात्रै इन्जिनयुक्त जहाजभरि सामानहरु रहेको जनाइएको छ । मकालु एयरको ९एनएजेयु कल साइन भएको जहाज निर्धारित समय ६ः५५ बजे सिमकोटमा अवतरण गर्नुपर्नेमा जहाज नआएपछि खोजी गरिएको थियो । जहाज सम्पर्क विहिन अवस्थामा रहेपछि खोजीकार्य तीव्र पारिएको थियो । यद्यपि चालकदलले भने टेलिफोनमार्फत काठमडौंस्थित विमानस्थलमा सम्पर्क गरेर जहाज आपतकालिन अवस्थामा अवतरण गरिएको जानकारी दिएको विमानस्थल कार्यालयले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाजुराका असई लाल बहादुर खड्काले दिएको जानकारी अनुसार जहाज बगरमा अवतरण गरेको भन्ने अपुष्ट समाचार आएको तर ठ्याक्कै फेला नपरेको बताए । उनले भने, ‘हामीले जहाजको खोजीका लागि दुई घण्टादेखि सबै टिम परिचालन गरेका छौं ।’

*मकालु एयरको जहाज दुर्घटना सम्बन्धमा काठमाडौंस्थित विमानस्थलले दिएको सूचना सच्याएकोले केही समाचार हटाइएको छ ।
 

Related News