​भिषा लागेकाहरु मलेसिया जाने बाटो खुल्यो

दृष्टि न्यूज

काठमाडौं । 
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सक्कल भिषा लगाईसकेका कामदारलाई मलेसिया पठाउने निर्णय गरेको छ । आज मन्त्रालयले बिज्ञप्ति निकालेर गत जेठ २ गतेसम्म काठमाडौंस्थित मलेसियन दूतावासबाट राहदानीमा सक्कल ‘भिसा स्ट्याम्पीङ’ भइसकेका नेपाली कामदारलाई मलेसिया जान दिने निर्णय गरेको जनाएको छ । 
काठमाडौंस्थित मलेसियन दूतावासबाट राहदानीमा सक्कल भिसा प्राप्त भइसकेर पनि अन्तिम श्रम स्वीकृति रोकिएको कामदारलाई मलेसिया जान अन्तिम श्रम स्वीकृति दिने निर्णय सरकारले गरेको हो । यस्तो निर्णयबाट कति कामदार जान पाउँछन भन्ने खुल्न सकेको छैन । 
नेपाल सरकारले गत जेठ २ गते नेपाली कामदार माथिको आर्थिक भार नहटाएसम्म नेपालीलाई मलेसिया नपठाउने निर्णय गरेपछि भिसा पाइसकेका कामदारले समेतको अन्तिम स्वीकृति रोकिएको थियो । भिषाको म्याद गुज्रन लागेपछि नेपाल सरकारले अलपत्र परेकालाई मात्रै जाने अनुमति दिएको हो । बाँकीको भिषा प्रक्रिया नै बाँकी रहेकाले अर्को निर्णय नभएसम्म खुल्ला हुनेछैन ।
जेठ २ अघि भिसा लागिसकेका कामदारको भिसाको म्याद आगामी साता समाप्त हुने हुँदा सरकारले मार्गप्रशस्त गर्न लागेको हो । भिसा पाइसकेका कामदारहरु यो साताभित्र जान नपाए मलेसियाको अध्यगमनले कालोसूचिमा राख्ने र भविष्य समेत जान नपाउने स्थिति आउन लागेपछि नेपाल सरकार आफैले खुल्ला गरेको हो ।

Related News