​माले र जनसमाजवादी पार्टीको ९० प्रतिशत क्षेत्रमा उम्मेदवारी

दृष्टि न्यूज


काठमाडौं, २६ कात्तिक । 
आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा नेकपा(माले) र जनसमाजवादी पार्टीले  पनि सहकार्य गरेका छन् । गठबन्धनस“गै दुवै पार्टीले देशभरी साझा उम्मेदवार उठाएर एउटै चुनाव चिन्हमा चुनाव लड्ने भएका छन् । नेकपा मालेका अध्यक्ष सिपी मैनाली र जनसमाजवादी पार्टीका अध्यक्ष शुभासचन्द्र काफ्ले पाँच वर्षका लागि सहकार्य गर्ने सम्झौता गरेका हुन् । 
दुई पार्टीबीच भएको समझदारीअनुसार हसिया र तारा चुनाव चिन्हमा लड्ने भएका छन् । दुवै पार्टीले संयुक्त रुपमा चुनावी प्रचार प्रसार गरिरहेको जनसमाजवादी पार्टीका अध्यक्ष  काफ्लेले बताए । 
जनसमाजवादी पार्टी करिब  आठ वर्षअघि स्थापना भएको हो । जून एक वर्षअघिदेखि संगठन विस्तारलाई तिव्रता दिएको छ  । ‘हामीले करिब ९० प्रतिशत निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका छौं,’ काफ्ले भन्छन्, ‘ठुला पार्टीहरुले देशको आर्थिक विकासलाई प्राथमिकता दिन नसकेकाले हामी सक्रिय राजनीतिमा आएका हौं ।’ व्यवसायिक पृष्ठभुमीका काफ्ले समानुपातिक सूचिमा छन् । नेकपा(माले)का अध्यक्ष सिपी मैनाली पनि समानुपातिक सूचिमा छन् । पार्टीले समानुपातिकतर्फबाट भोट बढाउने रणनीति बनाई सबै जसो जिल्लामा प्रचार प्रसार अघि बढाएको छ । केही साना मधेसी दलहरुस“ग समेत आफुहरुले सहकार्य गरेको काफ्लेले बताए । नेपाल धेरै सम्भावना बोकेको देश भएपछि अहिलेको राजनीतिक नेतृत्वले देशलाई बिकासमा ध्यान नदिएकाले अब आफुहरुलाई सर्वसाधरणले भोट दिनुपर्ने उनी बताउछन् । ‘म व्यवासयिक पृष्ठभुमीको मान्छे हँ’ काफ्ले भन्छन्,‘कसरी देशको विकास गर्न सकिन्छ भन्ने सबै बुझेको छु, त्यसकारण जनताले भिजन भएको व्यक्तिहरुलाई चुन्छन् भन्ने मेरो बिश्वास छ ।’ 

 

Related News