​‘गुड वाइफ’ बन्ने अवसरले दंग मल्लिका

दृष्टि न्यूज

काठमाडौं । बलिउड अभिनेत्री मल्लिका शेरावत दंग छिन् किनकि अहिले उनलाई एक ठूलो प्रोजेक्ट हात लागेको छ । जसले मल्लिकाको करिअरलाई थप उचाइमा पु-याउनेछ । मल्लिका चर्चित अमेरिकी टीवी शोको भारतीय भर्जनमा होस्ट गर्दैछन् ।
उक्त शोको नाम ‘द गुड वाइफ’ हो । जसलाई भारतीय दर्शकको चाहनाअनुसार तयारी गरिँदैछ । ‘द गुड वाइफ’ एक सीबीएस थ्रिलर हो । जुन २००९ देखि २०१६ बीच अनएयर भएको थियो । यसको पाँचौ सिजनले एकदमै लोकप्रियता पाएको थियो ।
समाचारमा बताइअनुसार यस शोको निर्माता पनि मल्लिका नै हुन् । यस प्रोजेक्टलाई लिएर मल्लिका एकदमै खुसी छिन् ।
यो शो कुक काउन्टी राज्यको अटोर्नीकी पत्नी एलिसिया फ्लोर्रिकको कहानीमा आधारित छ ।  जसको पति सेक्स र भ्रष्टाचारको आरोपमा फसेपछि एलिसिया साधारण जीवनमा फर्किन्छन् । यस शोले राजनीति, समाज र कानूनलाई व्यंग्य गर्छ । जस गर्दा पनि यस शोलाई दर्शकले चाखपूर्ण लिनेछन् । 

Related News