​भ्रष्ट मन्त्री पराजीत

मनाङ, २२ मंंसिर । मनाङबाट यसअघि चुनाव जितेका नेपाली कांग्रेसका टेकबहादुर गुरुङ यसपटक पराजीत भएका छन् ।  गुरुङ श्रम तथा रोजगार राज्यमन्त्री हुँदा बायोमेट्रिक प्रणाली लागू गरी गरिब कामदारले २ हजारमा परीक्षण गराउँदैआएको स्वास्थ्य परीक्षण ७ हजार रुपैयाँ पु¥याएका थिए । उनले डलरमा कमिसन पाउनेगरी बायोमेट्रिक लागू गरी विदेशमा रोजगारीमा जाने नेपालीको ढाड सेक्ने काम गरेका थिए भने फ्री भिसा फ्री टिकटका नाममा बंगलादेशबाट करोडौं घुस खाएको आरोप उनीमाथि छ । मलेसियामा बंगलादेशी कामदार लैजान रोक लगाएको थियो । तर गुरुङले फ्री भिसा फ्री टिकट लागू गरेपछि मलेसियाले नेपालबाट कामदार लैजान कम गरी बंगलादेशबाट लगेको थियो । राज्यमन्त्रीका रुपमा उनले मलेसियाको कोपरासीमा गरेको अनियमिततादेखि रमेश कोइरालालाई कतारको राजदूत बनाएर गर्न खोजेको अपराधको दण्ड यो पटक पाएका छन् । 

Related News