​बरिष्ठ पत्रकार मणिराज उपाध्यायको निधन

काठमाण्डौ, २८ पुस । बरिष्ठ पत्रकार एवं नेपाल पत्रकार महासंघका पूर्व सभापति मणिराज उपाध्यायको बुद्धबार ९४ बर्षको उमेरमा निधन भएको छ ।
गंगालाल राष्ट्रिय हृदयकेन्द्र, बासबारीमा उपचारका क्रममा निधन भएको उनका छोरा ब्रजेशराज उपाध्यायले जानकारी दिए ।
उपाध्यायलाई बुद्धबार बिहान अचानक हृदयघात भएपछि उपचारकालागि अस्पताल भर्ना गरेको थियो । उनी लामो समयदेखि मुटुको रोगी थिए । उनका दुई छोरा र एक छोरी छन् । 
साहित्य र पत्रकारितामा सक्रिय उपाध्याय २०४६ साल साल अघि नै नेपाल पत्रकार महासंघको सभापतिको जिम्मेबारी सम्हालेका थिए । 
यसैबीच उपाध्यायका पार्थिव शरिरमा सरकारका तर्फबाट सुचना तथा सञ्चार मंत्री सुरेन्द्र कुमार रामले माल्यार्पन गरेका थिए । यता नेपाल पत्रकार महासंघकले उनको निधन प्रति गहिरो दुःख ब्यक्त गरेको छ । महासंघका अध्यक्ष महेन्द्र बिष्टले उपाध्यायको निधनले नेपाली पत्रकारितामा अपुरनिय क्षति भएको प्रतिक्रिया दिएका छन् ।

Related News