मनिषाका प्रेमी अाशिषकाे पाेलिग्राफ परीक्षण

काठमाडाैं, १७ जेठ । नेपाली राष्ट्रिय टाेलीका फुटबलर बिमल घर्तीमगरकी बहिनी मनिषाको हत्यामा संलग्भन भएको आशङ्कामा पक्राउ परेका मनिषाका प्रेमी आशिष भनिने रुद्रनारायण चौधरीको साेमबार पोलिग्राफ परीक्षण गरिँदैछ । जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद चौधरीका अनुसार पश्चिमाञ्चल क्षेत्रीय प्रहरी कार्यालय पोखराबाट आउने विज्ञ टोलीले अाशिषकाे पोलिग्राफ परीक्षण गर्नेछन् । उनी अनुसन्धानकाे क्रममा प्रहरी हिरासतमा रहेका छन् । पोलिग्राफ परीक्षण झुटो वा साँचो बोलेको पत्ता लगाउने परीक्षण हाे । प्रहरीले अभियुक्तलाई साँचो बोलाउन यसको प्रयोग गर्ने गरेको छ । पोलिग्राफको रिपोट आएपछि अनुसन्धानमा थप सहयोग पुग्नेछ । गत विहिबार नवलपरासीकाे बर्दघाटस्थित अाफ्नै निवासमा मनिषाकाे शव भेटिएकाे थियाे । उनकाे मृत्यु हत्या पनि हुनसक्छ भन्ने अाशंकामा प्रहरीले अनुसन्धान गरिरहेकाे छ । 

Related News