​विविध कार्यक्रम गर्दै मनोक्रान्ति केन्द्रको ३१ औँ वार्षिकोत्सव मनाइने

दृष्टि न्यूज

काठमाडौं, २४ फागुन । ‘अध्यात्म, स्वास्थ्य र सफलता’लाई अभियानको रुपमा बिकसित गरी विभिन्न अवरोह–आरोहहरु पार गर्दै मनोक्रान्ति केन्द्र  ३१ औँ बर्षको यात्रा गर्न सफल भएको जनाएको छ । सैयौँको संख्यामा युवाहरुले पाँच बर्षे साधनासगैँ महिनौँसम्मको भुतपस्या, सिसा नृत्य, अग्नि नृत्यहरुको सफल परीक्षण एवम् प्रदर्शन गरी  योगमा विश्व किर्तिमान पनि राख्न सफल भएका छन् । मनोक्रान्तिबाट दिक्षित युवाहरु देश तथा विदेशका विभिन्न क्षेत्रहरुमा सुपर लर्निङ्ग, मोटिभेसन तथा योग विज्ञानका विभिन्न कार्यक्रमहरु लिएर फैलिएका छन् ।
तीन दशक पार गर्दै यो ३१ आँै बर्षसम्म आइरहदाँ मनोक्रान्ति प्रेमी सम्पूर्ण नेपाली दाजुभाई, दिदिवहिनी, आमाबुबाहरुलाई केही फरक, रोचक र जिवन परिवर्तनको महत्वपूर्ण प्रसादहरु पस्कन सकिन्छ कि भन्ने अभिप्रायले फाल्गुन २६ गते शनिवार बिहान ७ः३० बजे देखी १०ः३० सम्म जावलाखेल खेल मैदान ललितपुरमा बृहत जमघट कार्यक्रम गर्ने भएको छ । उक्त कार्यक्रम पूर्वमन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीको प्रमुख आतिथ्य लगायत बिभिन्न चर्चित अनुहारको उपस्थितिमा श्रदेय डा.योगी बिकाशानन्दको प्रशिक्षणसमेत रहने जनाइएको छ । काठमाण्डौँ उपत्यकामा वसोवास गर्ने हरेक बर्गका ब्यक्तित्वहरुलाई लक्षित गरी गर्न लागिएको यस कार्यक्रममा विशेषतः स्वास्थ जिवनका लागी योग ध्यान, सफलता शास्त्र र स्मरण शक्तिका लागि सुपर लर्निङ्गमा आधारित कार्यक्रमहरु हुने आयोजकले जनाएका छन् । सँगैसँगै थप मनोरञ्जनका निमित्त साङगितिक कार्यक्रमहरु पनि प्रस्तुत गरिने छ ।
यस कार्यक्रमको सफलताका लागि तमाम मनोक्रान्ति प्रेमी, प्रायोजक, सहयोगी संस्थाहरु, सञ्चारकर्मी एवम् पत्रकार मित्रहरु र सहयोगका लागि विज्ञप्तिमार्फत् अपिलसमेत गरेको छ । 

Related News