​आकस्मिक रुपमा माओवादी केन्द्रले बोलायो कार्यालय बिस्तारित बैठक

दृष्टि न्यूज

काठमाडौं । 
नेकपा एमालेसँग पार्टी एकताको प्रक्रियामा रहेको नेकपा माओवादी केन्द्रले आज आकस्मिक रुपमा पार्टी केन्द्रीय कार्यालयको बिस्तारित बैठक आह्वान गरेको छ । पार्टी केन्द्रीय कार्यालयका अनुसार आजै अपरान्ह ४ः०० बजेका लागि केन्द्रीय कार्यालयको विस्तारित बैठक आह्वान गरिएको हो ।
पार्टी अध्यक्ष निवास खुमलटारमा बोलाइएको बैठकमा पार्टी एकता सम्बन्धमा छलफल हुने जनाइएको छ । आज विहानै प्रधानमन्त्री केपी शर्मा ओलीसँग अध्यक्ष प्रचण्डले लामो छलफल गरेपछि पार्टी एकताको लागि बैठक आह्वान गरिएको हो । 

Related News