​दिउँसो १ बजेसम्म ४५ प्रतिशत मतदान

काठमाडौं, २१ मंसिर । दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन उत्साहप्रद रुपमा सम्पन्न भइरहेको छ । निर्वाचन आयोगले ४५ वटै जिल्लामा उत्साहका साथ मतदाताहरुले मतदान गरेको जनाएको छ । दिउँसो १ बजेसम्म ४५ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ । 
केही जिल्लामा सामान्य विवाद भए पनि मतदान शान्तिपूर्णरुपमा सम्पन्न भइरहेको आयोगले जनाएको छ ।
बिहान सात बजेदेखि मतदान शुरु हुने समय निर्धारण गरिए पनि त्यसअघि नै मतदाताहरु लामबद्ध भएका थिए ।

Related News