​किरियापुत्रीले पनि मतदान गरे

काभ्रे, २१ मंसिर । संविधान कार्यान्वयनका लागि भएको प्रतिनिधिसभा र प्रदेश सभाको आज भइरहेको निर्वाचनमा किरियापुत्रीले पनि मतदान गरेका छन् । 
नेकपा एमाले काभ्रे सचिवालय सदस्य एव पूर्व अञ्चल कमिटी सदस्य मुकुन्द गौतम र उनका भाइ माधव गौतमले किरिया पुत्रीकै अवस्थामा चौरीदेउराली ५ अरनीको मा वि हर्रेडाँडामा मतदान गरेका छन् । काभ्रेको क्षेत्र नम्बर १ मा पर्ने उक्त मतदान केन्द्रमा गौतम दाजुभाइले किरियापुत्री बसे पनि जनप्रतिनिधि छान्न मतदान गरेका छन् । गौतम दाजुभाइका बुबा नरहरि गौतमको बुधबार निधन भएको थियो । 

Related News