​मातृ स्वास्थ्य सेवा परियोजनालाई सिद्धार्थ फाउन्डेसनको आर्थिक सहयोग

दृष्टि न्यूज

काठमाडौं, २ जेठ । सिद्धाथ बैंकद्वारा प्रवद्र्धित सिद्धार्थ फाउन्डेसनले फेज नेपालको मातृ स्वास्थ्य सेवा परियोजना सहयोगार्र्थ ४ लाख ८ हजार रुपैयाँ सहयोग प्रदान गरेको छ । उक्त सहयोग मुगु जिल्लाको दुर्गम क्षेत्रका सुत्केरी महिला र नवजात शिशुका लागि लुगा तथा कम्बल वितरण गर्न गरिएको हो । 
बैंकका अध्यक्ष मनोजकुमार केडियाले उक्त सहयोग रकम फेज नेपालका अध्यक्ष राजेन्द्रकुमार कार्कीलाई हस्तान्तरण गरेका थिए । कार्यक्रममा बैंकका अध्यक्ष केडियाले आगामी दिनमा पनि यस्तै प्रकारका विभिन्न कार्यहरूमा सहभागिता जनाउँदै जाने बताए । 

Related News