​मछापुच्छरेको थप ३ शाखारहित बैंकिङ सेवा

काठमाडौं, ३ वैशाख । मछापुच्छरे बैंक लिमिटेडले बाँके, बर्दिया र कास्कीमा ३ शाखा रहित बैंकिङ सेवा संचालनमा ल्याएको छ । मिति २०७४ चैत्र २८ गते बाँकेको बैजनाथ गाउँपालिका–५, बनकटुवा र बर्दियाको वासगढी नगरपालिका–१, बबई साथै २०७५ बैशाख २ गते कास्कीको मछापुच्छरे गाउँपालिका वडा नं–७, धम्पुस गरी ३ शाखा रहित बैंकिङ सेवा संचालनमा ल्याएको छ ।
बैंकले यूकेएड सक्षमसँगको सहकार्यमा बाँके र बर्दियामा २ शाखा रहित बैकिङ्ग सेवा सुचारु गरेको हो । यो सहित मछापुच्छरे बैंक लिमिटेडको हालसम्म १८ शाखा रहित बैकिङ्ग सेवा सुचारु भईसकेको बैकले जनाएको छ । ग्राहक सेवा केन्द«को रुपमा संचालित उतm शाखा रहित सेवा केन्द«हरुबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिटेन्स भूक्तानी, साथै कर्जा आवेदन गर्ने समेत व्यवस्था गरेको छ । बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराएको छ ।
यूकेएड सक्षमको सहकार्यमा बैंकले २० वटा ग्राहक सेवा केन्द्रहरु स्थापना गर्ने, १४ जिल्लामा विपन्न वर्ग कर्जाहरु प्रदान गर्ने तथा वित्तीय साक्षारता अभियान संचालन गर्दै आएको छ । बैकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ६२ वटा शाखाहरु, ४ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत १८ शाखा रहित बैकिङ्ग  सेवा समेत गरी  जम्मा ८४ स्थानवाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बैकिङ्ग सुबिधा  प्रदान गरिरहेको छ । साथै, बैकको देशभर ८६ वटा एटीएमहरु संचालनमा रहेको छ ।

Related News