संगीतमा पनि नातावाद चल्दो रहेछ- मेचु धिमाल, नवनायिका

नेपाली तारा–३ मा टप २० मा पर्न सफल भएकी मेचु धिमालले त्यसपछि सांगीतिक क्षेत्रलाई निरन्तरतता दिँदै आएकी छिन् । करिव दुई दर्जन गीत गाइसकेकी मेचुले एकल एल्मबसमेत ल्याइसकेकी छिन् । उनै २३ वर्षीय गायिका मिचुसँग रेजिना पाण्डेको जम्काभेट :
तपाईंको सांगीतिक यात्रा कसरी सुरु भयो ?
प्लस टु सिध्याएर झापाबाट काठमाडौं पढाईलाई निरन्तर दिन आएको थिएँ । काठमाडौं आएपछि संगीतको मोह लाग्यो । अनि संगीतको परीक्षण लिएँ । त्यहीबाट सांगीतिक यात्रा सुरु भयो । 
नेपाली तारामा चाहिँ कसरी पुग्नुभयो ? 
संगीत सिकिरहेको थिएँ नेपाली तारा खुलेको छ, तिमी भाग लिउ भनेर मेरो गुरु भानुभक्त ढकालले भन्नुभयो र अडिसन दिएँ । 
त्यतिबेला टप २० बाट निसक्नु पर्दा कतिको दुःख लाग्यो ?
दुःख लाग्यो । बीचमा नै गरिरहेको प्रतिस्पर्धाबाट बाहिरिँदा आक्रोशित पनि भएकी थिएँ । 
एल्बम निकाल्न कत्तिको दुःख भयो ? 
धैरै नै गाह्रो छ एल्वम निकाल्न । निकाल्नुभन्दा पनि त्यसले सफलता पाउँछ पाउँदैन डर हुन्छ । झन् यो क्षेत्रमा आफनो मान्छे नहुँदा धेरै नै समस्या आउँदो रहेछ । लेडिजहरुलाई त समस्या देखे । 
 अग्रजहरुबाट सहयोग पाउनुभएन ? 
आफ्नै मान्छे भइदिए सजिलो हुनेरहेछ । तर पनि हिम्मत नहारी अघि बढदै छु । यहाँ यस्तै चलन छ । हात समाइदिने मान्छे भयो भने संगीतमा अघि बढ्न सहज हुने रहेछ । 
गायन क्षेत्रमा नकारात्मक सोच भएका मान्छेहरु धैरै पाउनुभयो ?
अहँ मलाई केही लाग्दैन । आफ्नो मान्छेलाई अगाडि बढाउने तर अरुलाई पछि राख्ने काम चाहिँ देख्दा मन अलि खिन्न हुन्छ । 
धेरै दुःख र खर्च नै गरेर गायन क्षेत्रमा आउनु भएको छ ? सफलता पाउनेमा विश्वस्त हुनुहुन्छ ? 
नातावादको चलखेल बढेको यो ठाउँमा जे पनि हुन सक्छ । तर पनि म राम्रो काम गर्ने प्रयास गर्न भने छोड्दिन । ढिला हुन्छ पक्कै राम्रो फल पाउँछु भन्ने विश्वास छ ।
रोमान्टिक गीत पनि गाउनु हुन्छ अनि त्यो गीतमा मोडलिङ पनि आफैं गर्नहुन्छ नि ? 
आफैंले गाएको गीतमा आफैँ देखिँदा गीतको भावमा सुगन्ध हुन्छ जस्तो लाग्छ । त्यही भएर आफ्नो गीतको भिडियोमा आफैं देखिएको हुँ ।

Related News