​मेडिकल माफियालाई गगनको साथ ?

काठमाडौं, ३० असार 
निवर्तमान स्वास्थ्यमन्त्री गगन थापाको सहयोगमा मेडिकल माफिया बिशाल पण्डित र उमेश अग्रवालले आफ्नो धन्दा चम्काउदै लगेका छन् ।   थापाकै सहयोगमा उनीहरुले राष्ट्रिय स्वास्थ्यविज्ञान प्रतिष्ठान (न्याम्स) अन्तर्गतको मुलुककै सबैभन्दा पुरानो सरकारी स्वास्थ्यसंस्था वीर अस्पतालमा करोडौं महंगोमा स्वास्थ्य उपकरण बिक्रि गर्न लागेका छन् । 
 वीर अस्पतालले आर्थिक नियमानुसार सबैभन्दा कम मूल्यमा आपूर्ति गर्नुपर्ने व्यवस्थालाई बेवास्ता गर्दै महँगोमा मेसिन–उपकरण खरिद  गर्न लागिएको छ । वीरले हरेक पटक विशाल पण्डितका दुई कम्पनी र उमेश अग्रवालको बायोमेड इन्टरनेसनल नामक कम्पनीलाई सजिलो पर्नेगरी बोलपत्र आह्वान गर्दै आएको  छ ।  वीरले पण्डितका दुई कम्पनी हस्पिटेक इन्टरप्राइजेज र लाइफलाइन ट्रेड इन्टरनेसनललाई क्रमशः टोमो थेरापी मेसिन ३९ करोड ९० लाख ८० हजार रुपैयाँ (वास्तविक मूल्य २४–२६ करोड) र सिटी सिमुलेटर ७९ करोड ९७ लाख रुपैयाँ (वास्तविक मूल्य ६५ करोड) मा किन्न बोलपत्र स्वीकृत गरेको छ । त्यसैगरी अग्रवालको बायोमेड इन्टरनेसनल प्रालिलाई अस्पतालले उच्चस्तरीय नेमिगेसन सिस्टमसहितको इन्ट्रा–अपरेटिप सिटी खरिदका लागि ४० करोड ९० लाख ८० हजार (वास्तविक मूल्य ३२ करोड) मा किन्ने अनुमति दिएको छ । पण्डित र अग्रवाल दुवै जनाको गगन थापास“ग राम्रो सम्बन्ध छ । थापा स्वास्थ्यमन्त्री भएकै बेला उनीहरुको स्पेक मिल्नेअनुसार टेण्डर प्रक्रिया अघि बढाइएको स्रोत बताउछ । 
हिमालयन मेडी टेकले हालै वीर अस्पताललाई न्युरोलोजीको बडीटोम मेसिन करिब ३१ करोड ९० लाख  रुपैयाँमा दिन आवेदन गरेको थियो । यसले बायोमेड इन्टरनेसनलले भन्दा ९ करोड रुपैयाँ कम मूल्यमा दिन तयार भए पनि वीरले यसलाई अस्वीकार गरेको थियो किनभने अस्पतालको टिमले बायोमेड इन्टरनेसनल प्रालिको ब्रेन ल्याब ब्रान्डस“ग सतप्रतिशत मिल्नेगरी प्राविधिक नमुना सार्वजनिक गरेको थियो । बिपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठान, धरानले पण्डितकै हस्पिटल इन्टरप्राइजेजको बोलपत्र स्वीकृत गरी एमआरआई–१.५ टेसला १५ करोड रूपैयाँमा किनेको हो ।     पण्डितविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरकारी कर्मचारीसँग मिलेर राज्यकोषको दुरुपयोग गरेको आरोपसहित  उजुरी परिसकेको छ । 
गिरिराजमणि स्वास्थ्यमन्त्री भएदेखि नै पण्डितले स्वास्थ्य मन्त्रालयका ठुला ठेक्का हात पार्दै आएका छन् । अरुको भन्दा महंगो दररेटमा ठेक्का हालेपनि आफ्नै कम्पनीस“ग मिल्ने स्पेशिफिकेसन बनाएर उनले लुट मच्चाउदै आएका छन् । 

Related News