​अनुपमा खुञ्जेली मेगा बैंकको निमित्त सीईओ

दृष्टि न्यूज

काठमाडौं, २५ मंसिर । मेगा बैंक नेपाल लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृतमा अनुपमा खुञ्जेली नियुक्त भएकी छिन् । 
मेगा बैंक संचालक समितिको बैठकले खुञ्जेलीलाई निमित्त प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको हो । उनी मेगा बैंकको नायब प्रमुख कार्यकारी अधिकृत थिइन् । 
सन् १९९१ मा तत्कालीन ग्रिनलेज बैंक अर्थात् अहिलेको स्ट्यान्डर्ड चार्टड बैंकबाट करिअर सुरु गरेकी हुन् ।  खुञ्जेलीसँग २७ बर्ष बैंकिङ करिअरको अनुभव छ । उनी स्थापनाकालदेखि नै मेगा बैंकमा कार्यरत छिन् । 

Related News